निराजन भण्डारी । अछाममा ८ जना जुवाडी पक्राउ परेका छन । जिल्लाकाे कमलबजार नगरपालिका वडा नम्बर २ मा जुवाखालबाट ८ जना पक्राउ परेका हुन ।
कमलबजार २ का दुर्गा रावतकाे घरमा बुधबार जुवा खेलिरहेकाे अवस्थामा उनीहरूलाई ५१ हजार ९ सय ७५ नगद र तास २ गड्डी सहित पक्राउ गरिएको हो।यस्तै जुवाखालबाट स्क्रिन टच माेबाईल ८ वटा सादा माेबाईल १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
पक्राउ पर्नेमा कमलबजार ४ का ३७ वर्षका खड्क बिष्ट वर्ष ४५ का मन बहादुर चलाउने,वर्ष ४३ का नरेन्द्र ढकाल, वर्ष २६ का प्रेम नेपाली ,वर्ष ३० का बिमल विक रहेका छन ।
यस्तै पञ्चदेवल विनायक नगरपालिका वडा ५ का वर्ष २४ का जगत बहादुर शाही,र बाजुराकाे बुढिगँगा ६ का ४६ वर्षका शेर बहादुर विक रहेकाे जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय कमलबजारले जुवाडीलाई समातेको हो। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय अछाममा ल्याएर थप अनुसन्धान भइरहेको बताइएको छ।
Discussion about this post