मंगलसेन नगरपालिका वडामा नम्बर ६ मा आयोजना गरिएको घुम्ती शिविरबाट २ सय ६४ जना नागरिकले सेवा लिएका छन् ।
सबै वडामा पुगेर घुम्ती सेवा प्रवाह गर्ने उदेश्यले मंगलसेन
नगरपालिकाद्वारा आयाेजित शिविरबाट वडा नम्बर ६ का
१ सय ७५ जनाकाे सामाजिक सुरक्षा भत्ता नवीकरण गरेका छन ।
यस्तै ८९ जनाले मालपोत सम्बन्धि सेवा लिएका छन भने जसबाट नगरपालिकाले १६ हजार ८ सय ८२ रुपैयाँ राजस्व संकलन गरेको मंगलसेन नगरपालिकाका एमआईएस अप्रेटर हाेम बहादुर साउदले जानकारी दिनुभयो ।
शिविरमा नगरपालिकाका सबै शाखाबाट हुने सेवा नागरिकले पाएका छन् । शिबिरमा सामाजिक सुरक्षा लाभग्राहीको विवरण संकलन, कार्ड नविकरण, मालपोत संकलन,राजश्व संकलन लगायतका काम भएका छन् ।
नगरपालिकाले प्रवाह गर्ने सबै प्रकारका सेवा घुम्ती सेवामार्फत वडा कार्यालयमै लिन पाउदा नागरिक खुशी भएका छन ।
Discussion about this post