मंगलसेन नगरपालिका वडा नम्बर ६ मा वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरिएको छ ।
वडाध्यक्ष देवेन्द्र प्रसाद भण्डारीकाे संयोजकत्वमा १८ सदस्यीय समिति गठन गरिएको हाे ।
आईतबार गठित समितिकाे सदस्यमा वडा सदस्यहरु,प्रहरी कार्यालयका प्रतिनिधि,विभिन्न राजनैतिक दलका प्रतीनिधीहरु,स्वास्थ्यकर्मी,शिक्षक सदस्य रहेका छन ।
गठित समितिले समयमै विपदको जोखिमलाई न्यूनिकरण गर्न तथा स्थानिय स्तरमा चेतना जगाउनुको साथै उच्च जोखिम बाट पर्ने प्रभावलाई न्यूनीकरणको लागि पहल गर्नुका साथै वडा भित्र विपद प्रतिकार्य तथा विपद पुर्नलाभ सम्वन्धि कार्यक्रम सञ्चालन गर्न सक्ने छ ।
कार्यक्रममा सहभागी नागरिकलाई वडा सचिव कृष्णप्रसाद जैसीले वडास्तरीय विपद व्यवस्थापन समितिको काम,कर्तव्य र अधिकार बारेमा जानकारी गराउनु भएको थियोे ।
कार्यक्रममा जनप्रतिनिधि,विभिन्न राजनीति दलका प्रतिनिधि,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,शिक्षक ,पत्रकार लगायतको सहभागीता रहेकाे थियो ।
Discussion about this post