अछामको चौरपाटी गाँउपालिका वडा नं ६ दुनीमा लगाइएका १३ हजार भन्दा बढी गाँजाका बोट प्रहरीले नष्ट गरेको छ ।
चौखट्टे प्रहरी चौकी बाट खटिएको प्रहरी टोलीले सो मात्राको गाँजा नष्ट गरेको हो ।हिजो मंगलबार पाँचहजार पाँच सय बोट आज बुधवार सात हजार पाँच सय गाँजाका बोट नष्ट गरिएको अछाम प्रहरीले जानकारी दिएको छ ।
एउटै वडा बाट दुई दिनको अवधिमा उक्त संख्यामा गाँजाको बोट नष्ट गरिएको हो ।सोही वडाका वडा अध्यक्ष डबल बहादुर खड्का सहितको प्रहरी टोलीले स्थानीयले गहमा लगाएका गाँजाका बोट फडानी गरेर नष्ट गरेको हो ।
नेपालको कानुन अनुसार गाँजा खेती गर्न बन्देज गरिएको छ । तर पुरानो परम्परा अनुसार बिभिन्न सामाग्री बजाउनका लागी ग्रामिण भेगमा खेती गरिदै आएको छ ।
पछिल्लो समय गाँजाको व्यवसायिक खेती गर्न पाउनुपर्ने जन स्तर बाट माग उठिरहेको छ । कानुनी रुपमै गाँजा खेतीका लागी फुकुवा गर्न बिषयमा छलफल समेत भईरहेको छ । Source Miracelpati.com
Discussion about this post