निराजन भण्डारी । अछाममा गत आर्थिक बर्ष २०८०/८१ मा सवारी कारवाहीबाट २३ लाख भन्दा बढी राजस्व सकलन भएको छ ।
याे अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरे बाफत त्यसबाट २३ लाख ६६ हजार राजस्व संकलन भएको हाे।
एक बर्षमा जिल्लामा ट्राफिक नियमको उल्लंघन गर्ने ४ हजार १ सय ६६ सवारी साधन माथी कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
यस्तै याे अवधिमा २ सय ४९ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी ११ हजार ७ सय ४९ जनालाई जानकारीमुलक सन्देश प्रवाह गरिएको
जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी जय पार्कीले जानकारी दिनुभयो ।
यस्तै आर्थिक बर्ष २०८०/८१ मा जिल्लामा ११ सवारी साधन दुर्घटनामा परेका थिए। दुर्घटनामा परी १२ जनाकाे मृत्युु भएको थियोे भने ६६ जना घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालयले गत आर्थिक बर्षमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ३३ जना चालकलाई कारबाही गरेको थियो। उनीहरूबाट ३३ हजार राजस्व संकलन गरिएको थियो।
यस्तै १ बर्षकाे अवधिमा ४ वटा चाेरीका सवारी साधनलाई नियन्त्रणमा लिइएको अछाम प्रहरीले जनाएको छ ।
Discussion about this post