सुदूरपश्चिमकी मोडल अनु खड्काले अभिनय गरेको नमेटिने तेरो माया बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।सरोज रोकाया र गौरी भट्टले स्वर दिएको गितको म्युजिक भिडियो एनी सेन्चुरीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
उक्त म्युजिक भिडियोमा अभिनयमा मोडल खड्कालाई बिराज भट्ट र एनी सेन्चुरी लगायतका कलाकारले साथ दिएका छन् । भिम थापाको निर्देशनमा रहेको गितको छायांकन अमृत उपाध्यायले गरेका हुन् भने खप्तड फिल्मस्ले दृष्य निर्माण गरेको हो ।
सुरेन्द्र बिक स्मृतीको शब्दमा रहेको गितमा सरोज रोकायाले लय भरेका छन् । स्टाफ नर्स समेत रहेकी मोडल खड्का पछिल्लो समय सुदूरपश्चिमकी सुपरिचित मोडलका रुपमा परिचित छिन् ।
गित, संगितकर्मीको रोजाइमा पर्न सफल भएकी खड्काले एकपछि अर्को म्युजिक भिडियोमा स्थान पाइरहेकी छन् ।
खड्का पछिल्लो समय जस्तो तस्तो समय मिलाएर म्युजिक भिडियोमा पनि व्यस्त हुने गरेकी छिन्। एकपछि अर्को गर्दै उनले विभिन्न भिडियोमा मोडलिङ गर्दै चर्चा कमाएकी हुन्। खड्काको अभिनय रहेका दर्जनौँ म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।
Discussion about this post