मंगलसेन नगरपालिका वडा नम्बर ६ ले अवैध मदिरा नियम विपरीत बिक्री वितरण नगर्न व्यवसायीहरुलाई निर्देशन दिएकाे छ ।
अनाधिकृत रूपमा वडाभित्र घरेलु मदिरा जन्य पदार्थ उत्पादन तथा बिक्री वितरण भइरहेको र यसले गर्दा घरेलु हिँसा जस्ता घटना समेत बढेकाे जनगुनासाे आएकाे भन्दै वडा कार्यालयले एक सुचना जारी गर्दै यस्तो निर्देशन दिएको हाे ।
नियम विपरीत मदिरा बिक्री वितरण गर्नाले सार्बजनिक स्थलमा बाधा अवराेध तथा वडा भित्र विभिन्न झैझगडाका र घरेलु हिँसा जस्ता घटना बढ्ने गरेकाे कुरा वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।
नेपाल सरकारकाे अनुमति लिएका व्यापारीहरुले मात्र नियम अनुसार आफ्नाे व्यवसाय सञ्चालन गर्न वडा कार्यालयले सचेत गराएको हाे ।
नियम विपरीत अवैध मदिराको कारोबार गरेको पाइएमा नेपाल सरकारकाे नियम र वडा कार्यसमितिकाे निर्णय बमोजिम कडा कारवाही गरिने चेतावनी समेत दिइएको छ ।
वडा कार्यालय द्वाराजारी सुचना
Discussion about this post