पत्रकार भण्डारीले तिरिदिए ट्युसन कक्षाको शुल्क

16
SHARES
88
VIEWS

अछाम जिल्लामा सक्रिय पत्रकारिता गरिरहनुभएका पत्रकार निराजन भण्डारीले आर्थिक अवस्था कमजोर भएका एकजना बिद्यार्थी छात्रालाइ आर्थिक सहयोग गरेका छन ।

पत्रकार भण्डारीले आज आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेको बताएका छन । भण्डारीले जिल्लाको ढकारी गाउँपालिका ३ कि मनुका बुढालाइ आर्थिक सहयोग गरेका हुन ।

मनुका २०८० सालको एसईई परिक्षामा सहभागी भएकी छात्रा हुन ।मनुकालाइ नियमित परिक्षाको नतिजाले निरास बनाईदियो । अर्थात् उनी परिक्षामा नियमित उतिर्ण हुन सकिनन।

मौका परिक्षाका लागि जिल्ला सदरमुकाम मंगलसेनमा ट्युसन कक्षा लिईरहेकी बुढाको आर्थिक अवस्था कमजोर भएकाले पत्रकार भण्डारीले उनको १ विषयको शुल्क आफुले सहयोग गरिदिएका हुन ।

दैनिकी मिडियाका कार्यकारी सम्पादक समेत रहेका भण्डारीले मंगलसेनमा रहेको एभरेष्ट ईन्स्टिच्युटमा कक्षा लिइरहेकी बुढाकाे १२ सय ट्युसन शुल्क सहयोग गरिदिएका हुन ।

जन्मदिनमा फजुल खर्च नगरी परोपकारी कार्य गरौं भन्ने हेतुले आर्थिक अवस्था कमजोर भएका बुढालाई सहयोग गर्न पाउँदा आफु खुशी भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार