अछाममा लागुऔषध सहित दुई जना पक्राउ

13
SHARES
71
VIEWS

निराजन भण्डारी । अछाममा लागु औषध (खैरो हिरोइन) सहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय अछामले  विशेष सूचनाका आधारमा उनीहरुलाई शुक्रबार मंगलसेन बजार नजिकैबाट पक्राउ गरेको हो।

कैलालीकाे कैलारी गाउँपालिका वडा नम्बर ७ मा स्थायी ठेगाना भइ हाल आफ्नै ससुराली घर मंगलसेन बस्दै आएका ३० वर्षीय प्रकाश बोहरा र उनकी श्रीमती २९ वर्षीया कल्पना भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछाम प्रहरीकाअनुसार पक्राउ परेका बाेहरा र भण्डारीकाे साथबाट ३ सय ८० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
पक्राउ परेका दुबै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार