अछाममा एक जना फरार प्रतिवादी पक्राउ परेका छन ।
जिल्लाको मेल्लेख गाउँपालिका–३ का २५ वर्षीय मनराज कामी पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी जय पार्कीले जानकारी दिनुभयो ।
सुचना अधिकारी पार्कीका अनुसार उनी लोकसेवा आयोग ऐन २०७९ सम्बन्धी कसुर मुद्दामा दोषी ठहरीएका थिए।
कञ्चनपुर जिल्ला अदालतको उक्त फैसलापछि उनी फरार रहेका थिए। उनलाई मंगलवार (हिजो) इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले उनकै घरबाट पक्राउ गरेको हो।
कामीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको अछाम प्रहरीले जनाएको छ ।
Discussion about this post