काठमाडौं। काठमाडौंबाट पोखरा उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा २२ यात्रुको शव फेला परेको छ भने एक जना घाइते भएको पुष्टि भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डे अनुसार २३ यात्रुमध्ये २२ जनाको शव भेटिएको र पाइलट मनिष शाक्य घाइते भएका हुन्। घाइते पाइलटको उपचार भइरहेको छ।
मर्मतका लागि काठमाडौंबाट पोखरा उडेको जहाज एयर डाइनेस्टीको कन्टेनरमा ठोकिएर दुर्घटनाग्रस्त भएको हो। रनवेबाट टेक अफ भइसकेपछि जहाज कन्टेनरमा ठोकिएको हुन सक्ने क्यानले अनुमान गरेको छ।
Discussion about this post