इलाका प्रहरी कार्यालय कमलबजाकाे भवन उद्घाटन

7
SHARES
39
VIEWS

ईलाका प्रहरी कार्यालय कमलबजारकाे नवनिर्मित भवनको उद्घाटन गरिएको छ।

साेमबार सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ले नवनिर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन गरेका छन्।

कमलबजार नगरपालिका वडा नम्बर १ मा निर्माण भएको भवनको उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख केसीले शान्ति सुरक्षाको लागि खटिने प्रहरी सुरक्षित भएपछि मात्र नागरिक पनि सुरक्षित रहने बताएका थिए

नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीको बसोबास व्यवस्थित भएकाे र अब नागरिकलाई सुरक्षा प्रदान गर्न मातहतका प्रहरीलाई उहाँले निर्देशन समेत दिनुभयो ।

सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बिनियोजित पाँच करोड एघार लाख एघार हजार तिन सय उन्सत्तरी रुपैंया लागतमा भवन निर्माण कार्य सम्पन्न भएको हाे ।

२०८० असार २२ गते शिलान्यास भएको भवनको साउँद दिब्य ज्योती जेभी धनगढी कैलालीले ठेक्का लिएको थियो ।

ठेक्का अवधिको २ महिना बाँकी रहदै गत महिना जेष्ठ ०४ गतेनै निर्माण कार्य सम्पन्न भएको थियो ।

भवन उद्धाटन कार्यक्रममा अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रशाद लम्साल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, जग्गादाता, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार