रास्वपा अछामकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

27
SHARES
149
VIEWS

निराजन भण्डारी अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी अछाम जिल्ला कार्यसमितिको बैठक शनिबार मंगलसेनमा सम्पन्न भएको छ ।

पाटीका जिल्ला संयाेजक ओम प्रकाश रावलकाे सभापतित्वमा भएको बैठककाे प्रमुख अतिथीमा प्रदेश कार्यसमिति सदस्य चन्द्र प्रसाद ढुंगाना रहनुभएकाे थियोे ।

शनिबार मंगलसेनमा सम्पन्न भएको बैठकले अछामका १० वटै स्थानीय तह तथा जिल्लाका अन्य सरकारी कार्यालयमा सञ्चालित सरकारी सवारी साधनकाे दुरुपयोग सम्बन्धि निगरानी गर्ने,असार मसान्तको नाममा स्थानीय तहमा भइरहेको नीतिगत भ्रष्ट्राचार तथा बजेटको दुरुपयोग बारेमा सूक्ष्म अध्ययन गर्ने र जिल्ला प्रशासन कार्यालय अछामलाई अनुगमन गर्न अनुराेध गरिने लगायतका निर्णय भएको रास्वपा अछाम जिल्ला निर्वाचन क्षेत्रीय समिती सदस्य भरतचन्द बटालाले जानकारी दिनुभयो ।

बैठकमा रास्वपाका नेता सेतीराम भण्डारी सबैका पालिका कार्य समितीका सभापति लगायतको उपस्थिति रहेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार