एसईई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई दोसल्ला ओढाएर सम्मान

46
SHARES
253
VIEWS

निराजन भण्डारी अछाम । एसईई परिक्षा  २०८० मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा बधाई कार्यक्रम गँगा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ६ र विद्यालय प्रशासनकाे संयुक्त  आयाेजनामा एसईई परिक्षामा उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको हाे ।

गँगा माविबाट एसईईमा सम्मिलित भइ उत्तीर्ण भएका २८ जना विद्यार्थी र शिक्षकलाई दाेसल्ला,सहित  बधाई तथा सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

एसईईकाे नतिजा अनुसार ५८ प्रतिशत सहित गँगा मावि मंगलसेन नगरपालिकाकै प्रथम भएको हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र प्रसाद भण्डारीकाे अध्यक्षतामा भएकाे  बधाई तथा सम्मान कार्यक्रमकाे प्रमुख अतिथिमा वडा नम्बर ६ का अध्यक्ष  देवेन्द्र प्रसाद भण्डारी रहनुभएकाे थियोे ।

कार्यक्रम बाेल्दै प्रमुख अतिथी भण्डारीले विद्यालयले पछिल्लो समयमा एसईई परिक्षाकाे नतिजालाई सुधार गर्दै गएको उल्लेख गर्नुभयो ।

नगरपालिकाकै प्रथम भएको विद्यालयलाई अझै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा विकास गर्न आफु जहिले पनि अग्रसर भइरहने प्रतिव्दता जनाउनुभयाे ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि निबर्तमान वडा अध्यक्ष जनकराज भण्डारीले विद्यालयकाे शैक्षिक गुणस्तर अझै वृद्धि गर्न सम्पूर्ण सराेकारवालापक्ष एकजुट भएर आ-आफ्नाे तर्फबाट सक्दाे पहल कदमी गर्न आवश्यक रहेकाे धारणा राख्नुभयाे ।

उच्च शिक्षाका लागि अंकका आधारमा भन्दा पनि रुची र दक्षताका आधारमा विषय छनोट गर्न विद्यार्थीलाई उहाँले सुझाव  समेत दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्य,पुष्पराज भण्डारी,विद्यालयका सहायक प्रधानाध्यापक टंक प्रसाद ढुंगाना शिक्षक अभिभावक संघका अध्यक्ष टंक प्रसाद भण्डारी,पत्रकार निराजन भण्डारी,एसईई परिक्षामा उत्तीर्ण विद्यार्थीकाे तर्फबाट प्रेम भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शिक्षक ,विद्यार्थी,अभिभावक लगायतको सहभागीता रहेको कार्यक्रमकाे सञ्चालन विद्यालयका प्रधानाध्यापक माेतीराम भण्डारीले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार