बाढी पहिरोको रोकथामका लागि पहल गर्छु :मन्त्री रावल

16
SHARES
90
VIEWS

निराजन भण्डारी अछाम।  सुदुरपश्चिम प्रदेश सरकारका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल बहादुर रावल सहितकाे टाेलीले कैलालीकाे भजनी नगरपालिकाका विभिन्न वडामा अविरल बर्षाले पुर्याएकाे क्षतिकाे बारेमा निरिक्षण गरेका छन ।

बाढी र पहिरोले क्षती पु¥याएको विभिन्न योजनाहरुलाई प्राथमिकतामा राखेर मन्त्री सहितको टोलीले निरिक्षण गरेको हो ।

भजनी नगरपालिका वडा नम्बर २ मा अविरल बर्षाले गर्दा मसान घाटकाे छेउछाउमा बनाइएका पुराना ड्यामहरु भत्किदा करिब ६/७ सय घरधुरी सहित सयाै विघा जमिन डुबानमा पर्ने जाेखिम रहेकाे छ ।

मन्त्री रावलले बाढी पहिराेकाे जाेखिम रहेकाे स्थान र वडा नम्बर २ काे काँडा सिचाइ नहर आयाेेनाकाे निर्माण कार्यकाे बारेमा पनि जानकारी लिएका थिए ।

बाढी पहिराेले पुर्याएको क्षतीको निरिक्षणपछि बोल्दै मन्त्री रावलले तत्काल समस्या समाधानका लागि सम्बन्धित कार्यालय संग समन्वय गरेर यसकाे समाधान खाेज्ने प्रतिब्दता समेत जनाउनुभयाे ।

निरिक्षण कार्यक्रम संविधान सभा सदस्य एंवम निवर्तमान प्रदेशसांसद विरमान चौधरी ,निवर्तमान प्रदेश भुमी कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी वडा अध्यक्ष दुर्गा पुन लगायत स्थानीय जनताको उपस्थिति रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार