अछाममा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्न अभियान संचालन

6
SHARES
36
VIEWS

अछाममा डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्न अभियान सञ्चालन गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजनामा एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन गरिएको हो।

‘डेङ्गुको भाइरस सार्ने लामखुट्टेका लार्भा नियन्त्रण गर्न मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा , अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल , स्थित महिला स्वास्थ्य स्वयंसेविका , स्वास्थ्यकर्मीको सुरक्षाकर्मी लगायत सरोकारवालाको टोलिले सदरमुकामका प्रत्येक पसल हरु,र सार्वजनिक स्थलमा पुगेर लामखुट्टेले फुल पार्ने ठाउँ पानीट्याङ्की, गाग्रो, बाल्टिन तथा ड्रम, गमला, टायरको पानी फाल्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्नेलगायतका कार्य गरेको थियो ।

रोग लाग्न दिनु भन्दा रोकथाम नै पहिलो प्राथमिक भएकोले
यो अभियान निरन्तर रूपमा संचालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए । यो जुनसुकै बेला पनि महामारीका रुपमा फैलनसक्ने भएकोले सबैले सचेत हुन् जिल्लाबासिलाइ अनुरोध गरे ।

अभियानमा स्थानीय बासिन्दालाई डेङ्गुको भाइरस रोकथामका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले बताए ।

डेङ्गुको भाइरस सार्ने लामखुट्टेले बिहान् बेलुका तिर मात्रै टोक्ने भएकाले यसबाट बच्नका लागि पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, मलमको प्रयोग गर्ने, राति र दिउँसो झुलभित्र सुत्ने, पानी जम्ने भाँडाकुँडाको पानी फाल्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिने र झ्यालढोकामा जालीको प्रयोग गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

मुख्यगरी घर वरपर जमेको सफा पानीमा डेंगु सार्ने लामखुट्टेका लार्भा हुर्कने र लामखुट्टे बन्ने भएकोले यस्ता भाँडा र टायरको बट्टामा पानी जम्न नदिन नागरिकलाई सचेत गराइएको र यो अभियान निरन्तर रुपमा सञ्चालन हुने समेत ढुंगानाले प्रष्ट पारे ।सडक मिडिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार