खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाकाे अनुगमन 

8
SHARES
47
VIEWS

 

 

खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजनाकाे निर्माण कार्य सम्पन्न भएकाे छ ।

एक करोड १२ लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको उक्त आयाेजनाकाे आज अनुगमन गरिएको हाे ।

कमलबजार नगरपालिका वडा नं ६ विरपथ स्थित निर्माण भएको उक्त आयोजनाको कमलबजार नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको हो ।

अनगुमनमा कमलबजार नगरपालिका वडा नं ६ का वडा अध्यक्ष लाल बहादुर शाह, ईन्जिनियर मदन भण्डारी योजना शाखा प्रमुख विरेन्द्र तिमिल्सैना लगायतको सहभागीता रहेको थियो ।

१ करोड १२ लाख लागतमा निमार्ण भएको खोला गैरिटाँड खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत ६ वटा ट्याङ्कि , ११९ वटा धारा निमार्ण गरिएको छ ।

यसका साथै सरसफाईका लागी फोहोर संकलन गर्ने पक्की खाल्डो भाडा सुकाउने च्याङ् फिल्टर लगायतका संरचना पनी बनेका खोला गैरिटाँड खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष आदम बहादुर शाहीले बताउनु भयो ।

खानेपानीको निकै अभाव खेपिरहेका नागरिक घर आगनमै पिउने पानीको धारा बनेपछि खुसी भएका छन । खानेपानीका क्षेत्रमा काम गर्ने हेल्भेटास, रुडेक तथा कमलबजार नगरपालिकाका संयुुक्त लागत साझेदारीमा योजना सञ्चालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार