रमिता बि क ; कमलबजार नगरपालिकाको १४औं नगरसभाकाे उद्घाटन सत्र सम्पन्न भएको छ। सोमबार नगरपालिकाको सभाहलमा कमलबजार नगरपालिकाको १४औं नगरसभाकाे उद्घाटन सत्र सम्पन्न भएको हाे ।
नगरसभामा कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले आगामी आर्थिक वर्ष ८१ / ८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नीति तथा कार्यक्रम नगरसभाबाट पास भइसकेपछि बजेटको रूपमा प्रस्तुत गरिने जनाइएको छ । नगर प्रमुख ढकालले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि हालसम्म भएका मुख्य उपलब्धिहरू उल्लेख गर्नुभएको थियो।
कमलबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नगरका १० वटै वडाको समग्र विकासका लागि भरपुर पुग्ने गरी बजेट ल्याउन लागेको नगरपालिका स्रोतले जनाएको छ।
Discussion about this post