बैंकले प्रदान गर्ने सेवा सम्बन्धि जानकारीमुलक कार्यक्रम गँगा माविमा सम्पन्न

15
SHARES
81
VIEWS

बैंकले प्रदान गर्ने सेवासुविधा सम्बन्धि समवयात्मक कार्यक्रम मंगलसेन नगरपालिका वडा नम्बर ६ मा रहेकाे गँगा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

ग्लाेबल आईएमई बैंक शाखा कार्यालय मंगलसेनकाे आयाेजनामा उक्त विद्यालयमा कार्यरत शिक्षकहरुलाई बैकले प्रदान गर्ने सेवसुविधाकाे बारेमा बैंकका सहायक कर्मचारी लक्ष्मण भण्डारीले जानकारी गराएका थिए ।

यस्तै बैंककाे सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम आफ्नाे विद्यालयमा लागु गरिदिन विद्यालय प्रशासनले आग्रह समेत गरेकाे थियोे ।

कार्यक्रममा ग्लाेबल आईएमई बैंकका शाखा प्रबन्धक अर्जुन बटाला सहायक लक्ष्मण भण्डारी वडा अध्यक्ष देवेन्द्र भण्डारी ,पुर्ब वडा अध्यक्ष जनकराज भण्डारी पत्रकार निराजन भण्डारी विद्यालयका प्रधानाध्यापक माेतीराम भण्डारी लगायत अन्य शिक्षकहरुकाे उपस्थिति रहेकाे थियोे l

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार