लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । डेङ्गीसँगै धेरैजसो तराईका जिल्लामा देखिने मलेरिया लगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गीको सङ्क्रमण पनि बढ्दै गएको बताउनुभयो ।
उहाँका अनुसार गएको माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । अहिले तराई र पहाडका जिल्लामा एकैपटक डेङ्गी देखिने गरेको उहाँले बताउनुभयो ।
Discussion about this post