जीवन दौड हाे 

157
SHARES
873
VIEWS

✍️
जनकराज भण्डारी
मानसिकाे याे अमूल्य जिवनमा नियतिले हरेक परिस्थिति सिर्जना भइदिन्छन । सिर्जना भएका हरेक परिस्थिति सँग लडनु,सामना गर्नु पर्छ , जुन असल नागरिकको दायित्व पनि हो ।

जीवन आफैमा रोचक छ । जीवनको दौड संगै अलि भिन्न अनि फरक क्षणको निर्माण हुनु यथार्थ हो । यही यथार्थको धरातलमा अचम्मकाे समय परिस्थिति निर्माण भैरहेको हुन्छ । जुन मेराे भाेगाईकाे विषयवस्तु पनि बन्न पुग्यो ।

मेरा दुख,पिडा,अभाव सँग म भागेन । मैले जहिले दुख पीडा र अभावको निडरताका साथ सामना गरे । मैले समस्या लाई पीडा भन्दा पनि त्यहा भित्र जीवनका आसारुपी फुल खोज्ने प्रयास गरिरहे । मैले जहिल्यै समस्याको समाधान आशा हो भन्ने अठोट लिए । यही अठोट मेरो जीवन दर्शन बन्यो ।

तर समय चक्र यस्तो पनि आयो जीवनमा आश हरायो ।
कोभिड–१९ को महामारीले त्यो आश निल्यो । यो आश अहिले आजको दिनमा आएर छैन कि जस्तो लाग्न थाल्यो । आशावादी जिवनमा निराशाको प्रवेस ले ग्रामीण नेपाल लाई तहसनहस बनाईदियो । म यहाँ व्यक्तिगत कुरा गरिरहे को छैन । म समग्र विषयवस्तु माथि थोरै प्रकाश पार्ने प्रयासमा छु ।

सीमान्तकृत र जोखिममा परेका समूहको समुचित सहभागिता र प्रतिनिधित्व सबैभन्दा चर्को मुद्‍दाहरू रहे तर यी मुद्‍दाहरूले सोचे जस्तो परिणाम पाउन अझै थुप्रै कसरत गर्नुपर्ने देखिन्छ । आज पनि ठोकुवाका साथ भन्न सकिन्छ सीमान्तकृत र जोखिममा परेको वास्तविक समुदाय अधिकार बाट बन्चित छ ।

मेरो गाउँ , तपाईंको गाउँ रित्तिएको छ । एकमुस्ट भन्दा हाम्रो हाम्रा गाउँमा धेरै छान । थोरै मात्र मानिस छन ।गाउँ हरु रित्ता भैसकेका छन ।कोही बसाई सराई लिएर गए कोही  जाने तयारी गरि रहेका छन । कोही रोजगारीको लागि छिमेकी देश  भारतका कुनामा पुगिसकेका छन । कोही खाडी , जापान , युरोपको भिसाको दौडधुपमा लागेका छन । गाउँको ठुलो युवा पंक्ति बेरोजगार छ । यस्तै उर्जाशिल युवा समुह  चिन्तित हुँदै निराशापनले भौँतारिएर जिल्ला बाहिर छ ।

आर्थिक अवस्था कमजोर भएका कारण पढाई लेखाई गर्न नपाएर स्कुल छोडेको पिडा बोध गरेर पलायन भएका युवामा झनै निराशा छन । निराशाको घेरा फराकिलो बनिरहेको छ । फेरि यहाँ पुनः जोडन चाहे आशा गर्ने परिस्थिति नहुदा सबैतिर निराशा फैलिरहेको छ ।

नेपालमा कसैलाई कसैको मतलब छ जस्तो लाग्दैन । यहाँ केवल आफ्नो मतलब मात्र छ । खासगरी हाम्रो देशका सबै  तहका सरकार राजनैतिक दल कसैलाई मतलब नै छैन । समाज डामाडोल छ त्यो कसैलाई चासो चिन्ता छैन । गाउँका कुना–कुनामा बाँझा खेत छन्, जङ्गली जनावरको आतङ्कले पलायन बढदो छ तर  चासोको विषय नै भएको छैन ।  तर कसैले चासो अनि चिन्ता लिनै पर्छ ।

म पनि गाउँ ठाउँ  बनाउने  सपना सहित पत्रकारिता बाट राजनीतिमा हाम फालेको हुँ । जनप्रतिनिधिका रुपमा मैले समाज प्रति उत्तरदायी बनेर आशाको दियो बाल्ने सक्दो प्रयास गरेको हु । समाजलाई कसरी सपना देखाऊ म  यहीँ केही गर्ने लक्ष्य लिएको मैले गाउँ समाजको पनि सपना होला ?  सुन्दर आदर्श समाज निर्माणका लागि तेरो मेरो  होइन हाम्रो हो भन्ने भावनका साथ सबै जुट्नुपर्छ ,आफ्नो समाज आफ्नो गाउँ आफै बनाउनुपर्छ । ढिला होइन छिट्टै जुटनु पर्ने छ,सबै एक भई जुट्नुपर्छ । एकता अनिवार्य आवश्यकता भैसकेको छ ।

म जहाँ छु, त्यहाँ केवल प्रतिभाले मात्रै पुगेको होइन । त्यसका लागि मैले हरेक प्रतिद्वन्द्वीले भन्दा बढी प्रयत्न र मिहिनेत गर्ने प्रयास गरेको छु’,भरिपूर्ण जीवन यात्रा, संस्कृति, मित्रता, परिवार भएको जीवन मैले कहिल्यै पनि आफ्नो जरालाई बिर्सिइन, त्यसको उपेक्षा र परित्याग गरिनु ।

म को हुँ, म कहाँबाट आएको हुँ भन्ने कुरालाई मैले कहिल्यै पनि बिर्सिइन साथै यो विशाल संसारलाई नियाल्ने भोकलाई पनि कहिल्यै मर्न दिइन।’
मैले निकै अभ्यास गरेँ, अनगिन्ती कुरा सिकेँ, त्यो सानो भूगोलमा कैयौँ माइल दौड लगाए ।

केही नगरेको  वाक्यांश हुन्छ यहाँ
गरे के भयो भन्ने वाक्यांश हुन्छ यहाँ ।

लुगा लगाउदा पनि त ,कसैसँग मित्रता लाउदा यहाँ
सँगै हिड्यो खायो खेल्यो ,महाभारत हुन्छ ।

आँखामा चस्मा र खुट्टामा जुत्ता लाउदा पनि क्रोध रिस डाहा हिड्यो भने हिडेको छ , बस्दा बसेकै छ । राम्रो गर्दा नराम्रो चर्चा रामायण नै बनाउने वाक्यांश हुन्छ यहाँ । आफूले गरेको गालीलाई गायत्री मन्त्र ,अरूले बोल्नु मात्र पर्छ वेइजत्ती गरेको रे , तपाई होइन म पाई भन्ने प्रपञ्च रचिन्छ , सोझा साझालाई  तर्साउने ,दबाब अभाव र  प्रभावमा राखिन्छ यहाँ ,गर्ने र गरिखानेलाई लखेट्ने मनस्थितिको वाक्यांश हुन्छ यहाँ ।

मान्छे लक्ष्य प्राप्तिको कठिन यात्रा मान्छन् । जीवन दिन राति हिँड्नुपर्ने लामो यात्रा हो, जहाँ नदेखिएका शत्रु, पीडा, थकानले घेर्छन् ।

लक्ष्यमा पुग्ने आशा थोरैमा मात्र बाँकी रहन्छ दुःसाध्य र चुनौतीपूर्ण जीवनलाई अवसरमा बदल्ने र नमुना बन्नेहरू धेरै छन्, बिरक्तिएर अरूको अस्तित्व सिध्याउनेहरूको पनि यहाँ कमी कहाँछर याँहा । गन्तव्यमा सम्म पुग्ने र त्यहाँ टिक्न यस्तो चुनौती मोल्नै पर्छ सायद म बाङ्गोटिङ्गा धर्सा जस्तै हुँ ,कहिलेकाहीँ जोडिन्छु र अर्थ लाग्ने  हुन्छु,कहिलेकाहीँ टुटिन्छु र व्यर्थ हुन्छु’

जिन्दगीका कतिपय सिद्धान्तहरू ।” हम्मेसि कोही नहिँड्ने बाटोमा काँडा हुन्छन्, बाटोमा हिलो धुलो  आधि हुरी  हुन्छन् । यात्री चिप्लनु, लड्नु र ठेस लाग्नु अनौठो विषय हुँदै भएन । त्यसैले पनि सबै बाधा पार गर्दै जीवनको दौड जारी राख्नुपर्छ ।
त्यो दौड आशाको लागि हुनुपर्छ । आफूमा मात्र होइन अरूमा पनि आशाको सञ्चार गर्ने गरि डौडिने संकल्प लिन अपरिहार्य छ ।

साँच्चै ,गाउँ समाजमा देखिएको राजनीतिकरण लाई च्यातेर शुद्ध समाज बनाउन योगदान रहने छ । यश अघिका जस्तै गाउँको विकासमा तल्लीन हुनेछु  अरू सँग पनि सोही अपेक्षा छ । आज पनि गाउँ ठाउँ , जन्मभूमिमा सामाजिक विकास अनि भौतिक विकासका लागि काम गर्ने हुटहुटी अझै जाग्रित छ  ।

लेखक : जनकराज भण्डारी
पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष तथा प्रेस युनियनका जिल्ला सभापति हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार