बालविवाह अन्त्यका लागि बाल सञ्जालद्वारा कमलबजार ५ मा सडक नाटक

18
SHARES
99
VIEWS

रमिता बि क,
कमलबजार, असार १ :  बालविवाह अन्त्यका लागि कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकामा सडक नाटक गरिएको छ। वडा स्तरीय बालसञ्जालको आयोजनामा तथा वडा कार्यालयको समन्वयमा बालविवाह अन्त्यका लागि सडक नाटक कमलबजार नगरपालिका वडा नम्बर ५ को कुईकामा सम्पन्न भएको हो। बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले सडक नाटकको आयोजना गरेको स्रोतले जनाएको छ। सडक नाटकमा चेतनामूलक नाटक देउडा नृत्यसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिमिल्सैनाले बाल विवाहले शारिरिक र मानसिक असर पार्ने भएकोले यसलाई वडाबाट छिटो उन्मुलन गर्नुका लागि आफुनिरन्तर रुपमा लागिरहेको बताउनुभएको हो । साथै उहाँले बाल विवाह न्युनिकरण गर्ने उदस्यले २० बर्ष पुगेर विवाह गर्ने विवाहित जोडिलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गरेको बतताउनु भयो ।

वडा स्तरीय बालसञ्जालका अध्यक्ष हेमन्त देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सत्यराज तिमिल्सैना रहनुभएको थियो। यस्तै कार्यक्रममा  कार्यपालिका सदस्य लिलावती बिष्ट ,शिक्षक,कर्मचारी,समाजसेवी, बुद्धिजीवी, अभिभावक, बालबालिका,लगायत सहभागिता रहेको थियो।

यसैबीच उमेर पुगेर विवाह गरेका एक विवाहित जोडी सम्मानित भएका छन्। २० वर्ष  भन्दा माथि उमेर पुगेर विवाह गरेका वडा नम्बर ५ का  २७ वर्षीय रवि  टमट्टा र ढकारी गाउँपालिकाका २८  वर्षीय धना टमट्टा प्रमाणपत्र र नगदसहित सम्मानित भएका छन् । वडा नम्बर ५ ले उमेर पुगेर विवाह गर्ने प्रत्येक जोडीलाई सम्मान गर्दै आएको छ।

यसै बीच वडा नं ५ कुईकामा आर्थिक वर्ष २०८०८१ को विनियोजित बजेटबाट ग र घ वर्गका २५ जना अपाङ्ग भएका व्यक्तिहरूलाई पोषणयुक्त खाने कुराका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। अपाङ्ग भएका व्यक्तिहरूलाई पोषणयुक्त खानेकुरामा विशेष राहत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग हस्तान्तरण गरिएको वडा अध्यक्ष सत्यराज तिमिल्सैना बताउनुभयो । वडामा अपाङ्ग भएका २५ जनालाई एक कार्यक्रमको आयोजना गरी पोषणयुक्त खाने कुराका लागि रु २५ हजार हस्तान्तरण गरिएको हो । उक्त रकम पाएपछि अपाङ्ग भएका व्यक्तिहरू खुसी भएका छन्। वडाध्यक्ष तिमिल्सैनालाई धन्यवाद समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार