अछाम जिल्लाका ३ ठाउँमा संचालन भएको निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल र स्वास्थ्य कार्यालय अछामको संयुक्त आयोजनामा जेष्ठ २० गते देखि शुरू भएको शिविर आज २९ गते सम्पन्न भएको हो ।
जिल्लाका बिभिन्न ३ ठाँउमा संचालन भएको शिबिरबाट २ हजार ७ सय ५९ जनाले सेवा लिएका छन् । बयालपाटा अस्पताल, मंगलसेन र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र गरी जम्मा २ हजार ७ सय ५९ जनाले सेवा लिएका नेपाल नेत्र ज्याेती संघ अछामका सभापति शंकर बहादुर रावलले दैनिकी मिडियालाई जानकारी दिनुभयो ।
उहाँका अनुसार शिबिरमा ४ सय ११ जनाको मोतिविन्दु लगायतको शल्यक्रिया गरिएको छ भने ८ सय ७५ जनालाई नजिककाे लेखपढ गर्न सक्ने चस्मा र आवश्यकता अनुसार औषधी पनि वितरण गरिएको हाे ।
शिविरमा गेटा आँखा अस्पतालका बरिष्ठ नेत्र विशेषज्ञ डा. अनिल गुरुङ नेतृत्वको प्राबिधिक टोलीले सेवा प्रदान गरेकाे थियोे ।
आँखा शिविर सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई नेत्र ज्याेती संघ अछामका सभापति रावलले धन्यवाद समेत दिनुभएको छ ।
Discussion about this post