फाइनलमा पीएनजीसँग ८६ रनले हार्‍यो नेपाल।

23
VIEWS

काठमाडौँ —त्रिकोणात्मक ट्वान्टी-२० शृंखलाको फाइनलमा नेपालले पपुवा न्यु गिनी(पीएनजी) सँग ८६ रनको ठूलो हार बेहोरेको छ । बुधबार पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल सस्तैमा समेटिएको हो ।

बुधबार नेपाल १६.३ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्र बनायो । मंगलबार भने नेपालले लिग चरणको अन्तिम खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो ।

बुधबारको खेलमा नेपालका कुनै पनि ब्याटरहरू चल्न सकेनन् । नेपालका लागि सन्दीप जोराले बनाएको १७ रन नै व्यक्तिगततर्फ उच्च स्कोर रह्यो । त्यस्तै आरिफ शेखले १५ र रोहित पौडेलले १२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार