पलिया बाट नेपाली लियर पुनाको लागि छुटेको बस दुर्घटना ,६ जना घाईते

25
SHARES
137
VIEWS

भारतको पलिया बाट नेपाली लियर पुनेको लागि छुटेको बस दुर्घटना ६ जना नेपाली घाईते भएका छन । शनिबार बेलुका छुटेको बस मध्ये प्रदेशमा दुर्घटना भएको गाडी मा सवार हेमन्त परियारले बताए ।

परियारले भने गाडी मा रहेका केही मात्र घाईते भए हामी सुरक्षित छौ । संचालक ले राती मन्दिरमा सुरक्षीत राखेको र अहिले अर्को बसमा आफुहरुलाई गन्तव्य तर्फ पठायको परियारले बताए ।

यता केदार टुर एण्ड ट्राभल्सका संचालक करन जोशिले बसको ब्रेक फेल भएर सडक डिभाईडरमा ठोकियको बताए । उनले भने केही सामान्य घाईते भएका छन उनिहरुको उपाचार भैइरहेको छ । अन्य यात्रुलाई हामिले अर्को गाडिमा गन्तब्यमा पठाई सकेका छौ ।

गाडिमा कैलालीको धनगढी बसपार्कमा रहेको अछाम होटल बाट केदार टुर एण्ड ट्राभल्स बाट टिकट काटेर गएका यात्रुहरु रहेका छन । हिजो राती ११ बजे भएको दुर्घटना पछि घाईतेहरुको स्थानिय अस्पतालमा उपचार भैइरहेको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार