पवन भण्डारी ,धनगढी । अछामको साफेबगर नगरपालिकामा रहेका स्वास्थ्य सस्था तथा वडा कार्यलयमा जोडिएको ईन्टरनेट सेवा नगरले पैसा नतिरेको भन्दै खप्तडनेटले लाईन काटेको छ ।
नगरपालिका र खप्तडनेट बिच प्रत्येक ३ महिनामा महसुल बुझाउने सम्झौता भएको थियो । तर नगरपालिकाले १३ महिना सम्म महसुल नबुझाउदा लाईन काट्नु परेको खप्तडनेटका सिईओ खेमराज ढुंगानाले बताए । उनले आफुहरुले महसुल बारे पटक पटक नगरपालिका धाउदा समेत नगरले वास्ता नगर्दा बाध्य भएर लाईन काट्नु परेको बताए ।
आफुले करिब २१ लाख पैसा नगरबाट लिनु पर्ने ढुङ्गानाले बताए । आफुहरुले रिण कर्ज गरेर सस्था चलाउनु परेको बताउदै ढुङ्गानाले भने नगरले यति ठूलो रकम रोकिदिदा समस्या भएको बताए ।
पहिले पनि एक पटक लाईन काटेको बताउदै ढुङ्गानाले भने पछि मेयर उपमेयर सङ्गको सम्झौता पछि संचालन गरेका थियौ ।पटक पटक नगरका प्रमुख प्रशासकीय अधिकृत सङ्ग कुरा गर्दा समेत उनले वास्ता नै नगरेको गुनासो गरे । खप्तड ईन्टरनेट सेवा वडा र स्वास्थ्य चौकी गरि २५ कार्यलयमा जडान गरियको छ ।
साफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुवरलाई प्रमुख प्रसासकिय अधिकृतले फोन नउठायको बिषयमा सोध्दा उनले उहाँ तालिममा रहेको जानकारी दिए । खप्तडनेटले लाईन काटेको बारे जानकारी माग्दा मेयर कुवर ले भने आफुहरुले पैसा नदिदा ईन्टरनेट काटियको हो ।
उनले भने हामिले पैसा दियनौ नेट काटियो हामिले अर्को ब्यावस्था गरिसकेका छौ । समाचारको बिषय भएको बताए पछि मेयर कुवरले फोन समेत काटेका छन ।
नोट :शब्द संकलन मा केही त्रुटि भएमा क्षमा चाहान्छौ । मोबाईल किबोर्ड ले अशुद्ध हुन सक्छन
Discussion about this post