मेयर बोहोराले उद्घघाटन गरेको प्रयोशाला दुई महिना मै प्रयोग बिहिन ,तलब नपायको कर्मचारीको गुनासो

80
SHARES
447
VIEWS

पवन भण्डारी ,धनगढी ।अछामको मङ्गसेन नगरपालिका ७ स्थित जनाली बण्डाली स्वास्थ्य चौकीमा कार्यरत एक कमर्चारीले तलब नपायको गुनासो गरेका छ्न । स्वास्थ्य चौकी मा ल्याब असिस्टेन्टमा कार्यरत तारा प्रसाद जैशीले स्वास्थ्य चौकी ले आफुलाई दिने भनेको तलब नदिएको गुनासो गरेका हुन ।

स्वास्थ्य चौकी लमा गत असार मा ल्याब प्रयोगशाला स्थापना गरियको थियो । असार १ गते देखि नै आफुलाई ल्याब असिस्टेन्ट को रुपमा स्वास्थ्य चौकी मा खटाईयको जैशिले बताए ।

आफुलाई असार महिनामा भोलेन्टियर गर्नु श्रावण महिना बाट नियुक्ति सुरु हुने भन्दै राखेको बताउदै उनले भने श्रावण अन्तिम सम्म पनि आफुलाई नियुक्ति नदिदा आफुले काम गर्न छोडेको बताए । आफुले आफ्नो नियुक्ति बारे पटक पटक वडा अध्यक्ष ,स्वास्थ्य चौकी प्रमुख लाई जानकारी मागेपनि कुनै जवाफ न आउदा आफुले काम गर्न छोडेको बताए ।

वडा कार्यलयले आफ्नो लगानी मा ल्याब प्रयोगशाला स्थापना गरेको भए पनि हाल सो प्रयोगसाला प्रयोग बिहिन बनेको छ । गत बर्षको बैशाख महिनामा मङ्गसैन नगरपालिका प्रमुख पदम बहादुर बोहोराले प्रयोगशालाको उद्दघाटन गरेका थिए ।

उद्दघाटन गर्दै बोहोराले प्रयोगशाला ले ६,र ७ नम्बर वडाका नागरिक लाई टेवा पुग्ने बताएका थिए । आफुले नगरपालिका मा आवस्यकता अनुसारको कर्मचारी ब्यावस्थापन गर्ने भन्दै नगप्रमुख बोहोराले आश्वासन समेत दिए । तर प्रमुख बोहोराले उद्घाटन गरेको प्रयोगशाला कर्मचारी बिहिन बन्दा वडाको लगानी खेर गएको छ भने मेयर बोहोरा भने मुख दर्शक बनेका छ्न ।

यता मङ्गसैन नगरपालिका ७ का वडा अध्यक्ष एबम स्वास्थ्य ब्यावस्थापन समिती अध्यक्ष राज बहादुर शाहिले जोशी लाई आफुले एक महिनाको लागि पछि नियुक्ति गर्ने गरि भोलेन्टियर मा राखेको स्विकार गर्दै पछि बजेट नहुदा नियुक्ति दिन नसकेको स्विकार गरेका छन ।

ॐनगरपालिकाले ब्यावस्थापन गर्छ भन्ने लागेको थियो तर नगरले कर्मचारी बजेट अभाव मा नराख्ने निर्णय गरेपछी जोशी लाई नियुक्ति दिन नसकेको उनले बताए । वडा सङ्ग कर्मचारी ब्यावस्थापन गर्न सक्ने बजेट छैन जोशीले आफुले स्केल अनुसार तलब पाउनु पर्ने भने पछि ब्यावस्थापन गर्न नसकियको अध्यक्ष शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार