पवन भण्डारी , धनगढी । डेउडा गायक राम प्रसाद भण्डारी हाल रोजगारीको सिलसिलामा भारतको राजकोट बस्दै आयका छन ।अछामको मङ्गसेन नगरपालिका ६ घर भएका भण्डारी सानै देखि गित सङ्गीत मा रुचि राख्थ्ये । गायक बन्ने चाहाना राखेका भण्डारी लाई उनको घरको पारिवारिक स्थीतीले सपना पूरा गर्न निकै गार्हो थियो । घरपरिवार चलाउनकै लागि उनी प्रबास छिरे बिस्तारै उनलाई केही सहज भयो ! उनको गायक बन्ने सपना पूरा गर्न उनले हर प्रयास गरे र पहिलो गित डेउडा बजार मा दारुडे बानीले बोलको गित बजार ल्याए ।
भण्डारी लाई चर्चा कमाउनु भन्दा नि आफ्नो ईच्छा पूरा गर्नु थियो । उनले आफ्नै जीवन मा आधारित गित बजार मा ल्याएको बताए । आफू १८ बर्षकुलत मा फसेको स्मरण गर्दै उनले आफ्नै जिबनमा आधारित गित गायको बताए । सानै छदा दु:ख कस्ट पुर्ण जिबन भोगेको बताउदै उनले भने आज यसरी आफ्नो बानी सुध्रार्न सकौला भन्ने लागेको थियन ।
जब आफुले कुलत ल्यागे अनि मैले आफ्नो परिवार लाई खुसी राख्न सके आफ्नो ईच्छा चाहाना पूरा गर्न सके । धेरै गर्न नसकौला तर आफुले सक्ने प्रयास अब समाज सेवाको लागि पनि गर्ने छु उनले भने । उनले आफ्ना गितहरु मा लय शब्द स्वर सबै आफै गर्ने गरेका छन । दोस्रो एल्बम को रुपमा उनले फर्की हेर सुदुर पश्चिम बोलको गित बजार मा ल्याए उत्त गितमा सोछे अनुसार को सफलता नपाईय पनि राज्यको सुदुर पश्चिमी लाई गर्ने सौतेनी ब्यावहारको चित्रण गरियको छ ।
बालापनमा पढने लेख्ने उमेरमा घाँस दाउरा गाइ गोर चराउन मै जिबन गएको स्मरण गर्दै उनले भने अर्का सङ्ग किताब र कलम मागेर सामान्य पढाई गरेको उनले बताए । जीवन मा भाग्य धेरै दुःख दियर गएर बताउदै तत्काल बुवाको निधन भयपछि प्रदेशिन बाध्य भएको बताए ।
भन्छन भगवान पनि निष्ठरि हुदो रहेछ तर जिन्दगीलाई घरभित्र लुकायर रुनु भन्दा संघर्ष गरेर जिबन लाइ नयांपन दिनको लागि आफ्नो ब्याक्तिगत सुख दुख थाती राखेर समाजमा हजारौ जनता हरुले पिडा भोगि रहेका छन । मैले मेरो ब्याक्तिगत दुख्ख लियर बस्यो भने समाज का पिडा कस्ले हेरि दिने भनेर गित संगीत मार्फत आफ्ना ब्याक्तिगत पिडामा आधारीत गित गाएको उनले सुनाए ।
प्रवास बाट बिसेष माग नेपाल सरकारलाई छ ।
नेपाल सरकारले यो बोल्नेछ सासलाई त पालन सक्दै भारत मा काल अकाल मा ज्यान गुमायको लासलाई कसरी नेपाल निःशुल्क पुर्याउन सकिन्छ त्यो तर्फ ध्यान दिनु पर्छ ।
आर्थिक अभाब र केहि केहि आफ्नो कुलत कारणबाट
दाजुभाइ र इष्टभित्र साथिहरुको समाजको हेर्ने नजर पनि फरक हुने उनले बताए । उनले हाल सम्म आधा दर्जन बढी गितमा आफ्नो आवाज भरिसक्नु भएको छ ।
Discussion about this post