ब्याङ्लोरमा गरियो सामाजिक अभियान्ता तथा कलाकार बिष्टलाइ भब्य सम्मान !!

28
SHARES
154
VIEWS

कालीकोट युवा समाज ब्याङ्लोरले सामाजिक अभियान्ता तथा कलाकार रत्नकमल बिष्टलाइ सम्मान्न गरेको छ। सनिबार भारत को बेङ्लोर मा आयोजित एक कार्यक्रम मा बिष्टलाई सम्मान गरियको हो ।

प्रथम कालीकोट युवा समाज ब्याङ्लोरको साँस्कृतिक तथा समाज उद्दघाटन कार्यक्रममा समाजिक र सास्कृतिक क्षेत्रबाट कला सस्कृती प्रबर्द्धन गर्नुको साथै गाउँ ठाउँ देश चिनाउनमा टेवा पुर्याएको भन्दै रत्नकमल बिष्टलाइ सम्मान्न गरेको हो । उक्त कार्यक्रममा चर्चित गायक सुनिल नेपाली ले पनी आफ्नो प्रस्तुति राखेका थिए।,

कालीकोट युवा समाजका अध्यक्ष अमिन बोहरा अभ्यास को सभाध्यक्षता र युवा नेता बिमल बिष्टको प्रमुख अतिथित्यता मा कार्यक्रम भएको थियोे।कार्यक्रममा सामाजिक तथा धार्मिक अभियान्ता जनेश्वर जोशी युवा नेता तथा समाजसेवी माधव खडायत पदमराज जोशी लगायका नेता तथा समाजसेवी ले रत्नकमललाइ सम्मान्न गरेका हुन ।

आयोजक ले आफुहरुलाई गरेको सम्मान बारे दैनिकी मिडिया लाई प्रतिक्रिया दिदै सामजिक अभियान्ता एबम गायक रत्नकमल भने मलाई सम्मान्न गर्नुपर्ने त्यस्तो काम त केही गरेको छैन।तर यो कार्यक्रम को सम्मान्नबाट थप चुनौति र ठुलो भारी बोकाएको र अझै थप उर्जा थपेर काम गर्ने जोस जागर पलाएको छ । बिस्ट ले नरहरिनाथ सास्कृतीक फाउन्डेसन नामक सस्था समेत दर्ता गरेका छन । उत्त सस्थाले कला सस्कृतीको जगेर्ना गर्नु का साथै सामाजिक कार्य समेत गर्ने बिष्ट ले बताए ।

बिगत एक दशकबाट कला साहित्य र सस्कृतिमा लागेका बिष्ट हाल सुदुर तथा कर्णाली मा हुने मेला महोत्सव र भारतका विभिन्न शहरका बिभिन्न कार्यक्रममा उद्दघोषण का रुपमा पनी परिचित छन। बिष्ट आफ्नो कला सीप क्षमताबाट दिनदुखि असाहयलाइ सहयोग गर्दे पनी आएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार