म एमाले को जन्मजात सिपाही हु : प्रचार प्रसार तथा प्रकाशन बिभाग प्रमुख कार्की

26
SHARES
143
VIEWS

आजको सम्बादमा हामी प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिति सचिवालय सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन बिभाग प्रमुख पदम कार्की सङ्ग पत्रकार पवन भण्डारीले प्रबासमा प्रबासी नेपाली संघको अवस्था समस्या र चुनौती बारे कुरा गरेका छन ।

सर्ब प्रथम सम्बाद मा स्वागत छ ?
धन्यवाद नमस्कार ?
प्रबासमा यहाको संगठनको अवस्था के छ ?
भारत प्रवासमा हाम्रो प्रवासी नेपाली संघ भारत को अबस्था अरु संघ संगठन को भन्दा एकदमै मजबूत र राम्रो छ जस्तै हाम्रो पाटी नेकपा एमाले मा नेपालमा जनलहर बड्दो छ तेस्तै प्रवासमा पनी हाम्रो प्रवासी नेपाली संघ मा पनी भिर्तिनेको जनलहर दिन प्रतिदिन एकदमै बड्दो छ।

महाराट्रमा मा मात्र सङ्गठन छ कि अन्य ठाउमा पनि छ ?

हाम्रो संगठन महाराष्ट्र राज्य समिति लागायत एकल र संयुक्त गरेर लगभग १२,१३ वटा राज्य समिति छन भने हाम्रो संगठनले भरतका लगभग २९ वटै राज्य हरुमा संगठन बिस्तार गरिसकेको छ।

यो संगठनले के के काम गर्छ प्रबास मा ?

हाम्रो संगठन ले प्रवास मा मात्र नभयर घरवास मा समेत एकदमै राम्रा राम्रा सामाजिक कामहरू गर्दै आयको छ जस्तै प्रवासमा दुखी बिमारी भयर हस्पिटल को सैयामा छट्पटाउँदै गरेको होस या कनै कारण अलपत्र परेका हरूलाई उद्धार गर्ने काम बाट लियर आर्थिक र भौतिक कामहरू गर्दै आयको छ भने घरबासा मा पनि प्रवासी नेपाली संघ भारत ले ७२ सालको भुकम्पले देशलाई थला पारेको बोला र बिश्वमा फैलियको माहामारी कोरना भाइरसका साथै हर बर्ष बर्षा यामको बेलामा हुने बाडि पहिरो पिडित लगायत सबैमा राहात को लागि हाम्रो संगठनले आर्थिक र भौतिक रुपमा एकदमै ठूलो भुमिका निभायको छ।

कति छन तपाईको संगठन मा सदस्यहरु ?

हाम्रो महाराष्ट्र राज्य समिति को आठौं सम्मेलन हुदा सम्म कुल हाम्रो सदस्य संख्या १५ सय थियो भने अबको एक बर्षमा हाम्रो लक्ष्य सदस्य संख्या 2 हजार पुर्याउने मा छ।

तपाईले प्रबास मा कार्यक्रम हरु पनि गर्दै आउनु भएको छ कसरी ब्यावस्थापन गर्नु हुन्छ यस्को आर्थिक तथा भौतिक कुरा ?

हाम्रो संगठन ५७ बर्ष पहिले भारत प्रवासमा स्थापना भयको थियो भने हाम्रो संगठनले रोजिरोटिको लागी भारत प्रवासमा छरिएर रहनुहुने र तिहार पर्ब हरुमा स्वदेश जान नपाउनु हुने आम प्रवासी नेपाली बुबा आमा दाजुभाइ तथ दिदी बहिनी हरुलाई आफ्नो स्वदेश को झल्को बिदेश मै मेटाउने गरेर हर बर्ष हर कार्यक्रम हरु गर्ने गरेका छौ आर्थिक र भौतिको काम हरु हामीले कसैबाट रिण र चन्दा संकलन नगरेर स्वयम् आफै र आफ्नै संगठन का साथिहरू बाट गरेका छौ।

राजनीति गर्ने उद्देश्य मात्र हो कि यो संगठनको सामाजिक काम पनि गर्नु हुन्छ ?

राजनीति र सामाजिक कुरा गर्दा पबन जी हामी र हाम्रो संगठन कुनै पनि स्वार्थ विना सामाजिक कार्य गर्दै आयका छौ र म लामो समय भारत प्रवास मा रहेकोले मैले राजनीतिक भन्दा पनि सामाजिक कामहरू धेरै गर्ने गरेको छु अबको मेरो उदेश्य भनेकै हाम्रो संगठन प्रवासी नेपाली संघ भारत को सामाजिक कामहरुमा निरन्तरता दिने छ।

प्रबास मा रहेर राजनीति गर्नै पर्ने कारण के हो ? हामि त रोजगार गर्न आयका होईनौ र ?

अवश्य पनि पबन जि हामी राजनीति भन्दापनी रोजी रोटीकै लागी भारत प्रवासमा आयका हौ हाम्रो उदेश्य नै यो ठाउँमा रोजगारी गरेर आफ्नो जाहान परीवारको भबिष्य बनाउने हो तर हामी नेपाली दाजुभाइ हरु यो देशमा कामगर्ने क्रममा धेरै नेपाली दाजुभाइ हरु श्रम सोषण लगायत अन्य अत्याचार हरु हुदाँ एकदमै असुरक्षित भैरहदा हाम्रो देश छ हाम्रो सरकार छ तर सरकार हाम्रो आवाज सुन्दैन भरस्टचार र तस्करी मा बेस्त छ तेसै सरकारका नेता र मन्त्री हरु आफै असुरक्षित छौ भन्छन भने हाम्रो सुरक्षा कोले गर्ने हाम्रो हकहित सुरक्षा र अधिकार को लागि लडने भनेकै एकमात्र संगठन प्रवासी नेपाली संघ भारत भएकोले तेसैले नै रोजगारी का साथसाथै प्रवास को राजनीति मा जोडिन बाध्य भैयो।

पछिल्लो समय नेपालको राजनीति कसरी हेर्नू भएको छ ?

नेपालको अहिलको राजनीति हेर्दा एकदमै घीनलाग्दो देखीन्छ दस बर्ष जन्युद्ध गरेर देश जलायर आयका र धेरै बर्ष देश लुटेर खायका हरुको गठबंधनको सरकार ले देशलाई बिकास तिर नभयर आफ्नो स्वार्थ को लागी गलत दिशातर्फ लगी रहेको देखिन्छ ।

प्रबास बाट आफ्नो राजनीतिक यात्रा तय गर्नु भयो नेपाल का पार्टीहरुले तपाईको मुल्यांकन गर्छ्न होला ?

राजनीतिक कुरागर्दा हाम्रो पाटी नेकपा एमाले को म जन्मजात सिपाही हु तर लामो समय प्रवास को बसाई ले गर्दा नेपालको राजनीतिक मा मेरो खासै योगदान छैन प्रवास को राजनीतिक मा लामो समय देखि लागी रहेको छु हाम्रो संगठन ले मेरो काम र इमान्दारी ताको मुल्याकन गरेर मलाई महत्वपूर्ण जिमेवरी सुम्पनु भएको छ पाटी ले मेरो मुल्याकन भन्दा नि मेरो कामको मुल्याकन गर्ने हो त्यो सबै ममाथि भरपर्ने कुरा हो महिले प्रवास देखि घरवास सम्म पाटी र संगठन को लागि राम्रो काम गर्न सकेछु भने पटीले मलाई अबस्य मुल्याकन गर्ने छ।

यदि तपाईको मुल्यांकन भएन भने के गर्ने ?

यदि काम गरी रहदा पनि पाटीमा मेरो मुल्याकन नभय पनि म बेल्कुलै बिचलित नभयर पाटी र संगठन को काममा निरन्तर लागी रहने छु र पाटीले एकदीन अपस्य मुल्याकन गर्ने छ।

अन्त्य मा के भन्न चाहानु हुन्छ ?
मलाई तपाईंको मिडिया मार्फत पहिलो चोटी बोल्ने आबसर दिनुभएको मा तपाईं र तपाईंको मिडिया लाई हार्दिक हार्दिक धन्यवाद प्रकट गर्दछु।

नोट : शब्दमा केहि असुद्दता रहेको छ यस्को लागि क्षमा प्रार्थी छौ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार