प्रवाशी नेपाली संघ बालाजी नगर समितिको आयोजना हुदैछ तिज विशेष कार्यक्रम ।।

8
SHARES
46
VIEWS

प्रवाशी नेपाली संघ भारत बालाजि नगर समितिको आयोजनामा हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा सास्कृतीक कार्यक्रमको आयोजना गरिएको छ ।

यहि सेप्टेम्बर १७ तारिख भारतको पुणे सदासिब पेठ तिलख रोड मंगल उधान कार्यलयमा कार्यक्रम को आयोजना गरिएको प्रबासी नेपाली सङ्ग बालाजी नगर समिती ईन्चार्ज  पदम रिमालले बताए ।

बिगतका बर्षहरु झै यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको र कार्यक्रम मा चर्चित गायक पवन भण्डारी ,धर्म जनाला लगायतको सहभागीता रहने उनले बताए ।

कला सस्कृतीको जगेर्ना गर्नका लागि आफुहरुले प्रबास मा विभिन्न कार्यक्रम गर्दै आयको बताउदै उन्ले सो कार्यक्रम मा आफुहरुले प्रबेस निसुल्क राखेको उनले बताए । सो कार्यक्रममा मदिरा सेवन गरि आउनेलाई प्रवेश निषेध रहेको ले मदिरा सेवन गरि न आईदिन  रिमालले आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार