अछामको मङ्गसेन नगरपालिका ७ घर भैइ हाल रोजगारीको सिलसिलामा भारत बस्दै आएका गाएक धर्म जनाला र सुर्जा जनालाको जोडि पछिल्लो समय गित सङ्गीत तिर संघर्ष गरिरहेको छ । सानै उमेरमा गित सङ्गीत मा रुचि राख्ने जनालाले आफ्ना आधा दर्जन बढी गित बजार मा ल्याई सकेका छ्न । लोक दोहोरी,देउडा गित गाउने आफ्नो सानै देखिको रुचि भएपनी आज भोलि बल्ल पूरा भएको जनालाले बताए ।
आफ्नो सानै उमेर मा गायक बन्ने सपना भए पनि घरको पारिवारिक स्थिति ले नसकेको बताउदै उनले भने भारत मा आएर पनि आफ्नो सपना पूरा गरे । आफुले गित सङ्गीत मा गरेको थोरै भए पनि लगानी असुल नहुदा पनि आफ्नो गित सङ्गीत प्रतीको मोह मा कुनै कमि न आयको गाएक जनाले ले बताए ।
आफू डेउडा र लोक दोहोरी गित को फ्यान भएको बताउदै जनाला भन्छन सुरुमा डेउडा गित बजार मा ल्याए पछि लोक दोहोरी गित बजार ल्याए । चक्र बम लगायत चलेका कलाकार लाई आफ्नो गित मा अभिनय गरायको उनले बताए ।
गित सङ्गीतमा लाग्न आफ्नी जीवन सङ्गीनीको महत्त्व पुर्ण भुमिका रहेको जनाला बताउछन । जनाला दम्पतीले बास्ना आउने तेल बोलको लोक दोहोरी गित बजारमा ल्याएका छन । अझै आफ्ना गितहरु बजार मा आउने तयारीमा रहेको उनले बताए ।
Discussion about this post