ढकारी गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरूको सम्मान सहित बिदाइ

8
SHARES
45
VIEWS

निराजन भण्डारी जेठ ९ अछाम । ढकारी गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरूको आज एक कार्यक्रमको आयोजना गरी सम्मान सहित बिदाइ गरिएको छ । ढकारी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश बहादुर साउदको अध्यक्षतामा निवर्तमान जनप्रतिनिधिहरूको सम्मान सहित बिदाइ गरिएको हो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष साउदले विगतका राम्रा कामलाई निरन्तरता र थप नयाँ कामलाई आगामी योजनामा प्राथमिकतामा राखेर पालिकावासीको पक्षमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नवनिर्वाचित जनप्रतिनिधि र कर्मचारीबिच सहकार्य गरेर थप रचनात्मक काम गर्ने पनि बताउनु भयो ।

यस्तै कार्यक्रमको प्रमुख अतिथिमा ढकारी गाउँपालिकाका निवर्तमान अध्यक्ष धन बहादुर बुढा रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै निवर्तमान अध्यक्ष बुढाले आफ्नो कार्यकालमा पुरा हुन नसकेका विकाश निर्माण लगायतका कामहरूलाई पहिलो प्राथमिकतामा राखेर मात्र अन्य नयाँ कामको थालनी गर्नु पर्ने बताउनु भएको छ ।
जनताहरूले नै स्थानीय सरकारको नेतृत्व गर्न मतदान गरी पठाएकाले जनताका आवश्यकतालाई मध्यनजर गरेर विकाश निर्माणका काम गर्न पनि जनप्रतिनिधिलाई आग्रह गर्नु भयो । पालिका भित्रका जनतालाई छिटो र छरितो सेवा प्रवाहका लागि कार्यालय समयलाई मात्र ध्यान केन्द्रित नगर्न र आज हुने कामलाई भोलि हुन्छ भनेर सेवाग्राहीको समय बर्वाद नगरिदिन पनि आग्रह गर्नुभएको छ ।

कार्यक्रमको विशिष्ट अतिथिमा ढकारी गाउँपालिकाका निर्वाचन अधिकृत गणेश बहादुर सिंह,ढकारी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष लक्ष्मी साउद,ढकारी गाउँपालिकाका नव निर्वाचित उपाध्यक्ष नेत्रकला देवी साही रहनु भएको थियो । विशिष्ट अतिथि निर्वाचन अधिकृत सिंह निवर्तमान उपाध्यक्ष साउद नव निर्वाचित उपाध्यक्ष,साहीले पनि मन्तव्य राख्नु भएको थियो ।
यस्तै निवर्तमान वडा अध्यक्ष वडा न २ का नहकुल साउद,३ का अध्यक्ष महादेव बुढा,४ का भक्त बहादुर बुढा,५ का राम बहादुर बुढा,८ का लाल बहादुर भण्डारी तथा नवनिर्वाचित वडा अध्यक्ष वडा न ८ का उद्धवराज उपाध्याय,वडा न ७ का राम बहादुर थापा र वडा न ३ का चन्द्र बहादुर बुढाले मन्तव्य राख्नु भएको थियो । ढकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन पालिकाका कर्मचारी लोकेन्द्र बोगटीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार