अछाम । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ७ मा नेकपा एमाले विजयी भएको छ ।
नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नम बहादुर शाहीकाे वडामा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार राजबहादुर शाही विजयी हुनुभयाे ।
शाहीले ३५६ मत ल्याई विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका लाल बहादुर विष्टले ३२६ मत प्राप्त गर्नुभयाे । एमाले वडा अध्यक्ष २८ मतले विजयी हुँदा नगरप्रमुखमा भने नेपाली कांग्रेसका शाहीले ३८७ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका नगरप्रमुख पदम बहादुर बाेहराले ३०१ मत प्राप्त गर्नुभयाे ।
नगर उपप्रमुखमा नेकपा एमालेका संगीता रावल साेडारीले ३९९ मत प्राप्त गर्नुभयाे । एकीकृत समाजवादीका बम बहादुर रावलले ३११ मत प्राप्त गर्नुभयाे ।
वडा सदस्यमा नेकपा एमालेका मन्सरा थ्यायतले ३६१, गाेमा विकले ३४७, उदयराम जैसीले ३७६ र गाेकर्ण प्रसाद ढुंगानाले ३४७ मत प्राप्त गर्नुभयो ।
नेपाली कांग्रेसका देबु जैसीले ३२३, सीता दमाईले ३३२, कल्पना जैसीले २९८ र जन्मराज जैसीले ३१८ मत प्राप्त गर्नुभयाे ।
वडा नम्बर ७ मा २०७४ सालकाे निर्वाचनमा नेपाली कांग्रेसले जितेकाे थियाे । कांग्रेस मेयर पदका उम्मेदवार शाही २०४९ काे निर्वाचनमा तत्कालीन जनालीवण्डाली गाविस (हाल मंगलसेन ६/७) अध्यक्षमा निर्वाचित हुनुभएको थियाे भने २०५४ काे निर्वाचनमा नेकपा एमालेका प्रभुनाथ भण्डारीसंग पराजित हुनुभएको थियाे ।
मंगलसेन नगरपालिकाका नतिजा सार्वजनिक भएका १३ वडा मध्ये नेकपा एमाले ९ वडा र ३ वडामा नेपाली कांग्रेस विजयी भएको छ । १ वडाकाे मत परिणाम आउन बाँकी छ ।
Discussion about this post