जनाली झरनाको गेट तथा सिडीको काम गुणस्तहिन,नगरले दियो यस्तो निर्देशन

26
SHARES
147
VIEWS

निराजन भण्डारी वैशाख १ अछाम । अछामको जनाली झरनाको पहिचानको लागि बनाइएको गेट तथा सिडीको काम गुणस्तहिन भएको पाइएको छ। जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर ७ मा अवस्थित जनाली झरनाको पहिचानको लागि मुद्धावरमा बनाइएको गेट तथा सिडीको निर्माण सम्पन्न नहदै गुणस्तहिन काम भएको पाइएको हो । स्थानीय विष्णु बहादुर खड्काका अनुसार गेट र सिडीको निर्माण कार्यमा गुणस्तहिन सामाग्री,प्रयोग गरेको तथा गेट र सिडीको भित्री भाग ढाकछोप गरी बाहिरी लेपन लगाउने काम मात्र भएको र सामान्य हातले छुँदा समेत उप्सीएर हातमा आउने गरेको पाइएको छ ।

अहिले सम्मको गेट र सिडी निर्माण कार्यको अवस्था हेर्दा ठेकेदारले बजेट पच्याउँने काम गर्ने हो कि भन्ने अनुमान सहजै गर्न सकिने स्थानीय खड्काले भनाई रहेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मङ्गलसेन नगरपालिकाको आर्थिक सहयोगमा जनाली झरनाको गेट र सिडी निर्माणको काम सुरु गरिएको छ । तर गेट र सिडी निर्माणको कामको सुरुमा नै गुणस्तहिन काम भएको पाइएको हो ।

यता मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले पनि स्थानीयहरू बाटनै गेट र सिडी निर्माणको काम गुणस्तहिन भएको भन्ने गुनासो सुनेको तर आफले प्रत्यक्ष अनुगमन नगरेको बताउनु भएको छ । साथै उहाँले गेट र सिडी निर्माणका ठेकेदारलाई अनियमितता नगर्न तथा गुणस्तरीय काम गर्न निर्देशन दिइसकेको बताउनु भयो ।

यदि आफूले दिएको निर्देशन अनुसार काम नभएको भेटिएमा ठेकेदारलाई स्पष्टीकरण सहित कानुनी प्रक्रियामा अगाडि बढ्ने चेतावनी समेत दिनु भएको छ ।जनाली झरना तत्कालीन कालागाउँ गाविसको कालापानीको हिमिने लेखबाट मुहान भई बग्ने रवा तत्कालीन कमलबजार नगरपालिका वडा नम्बर ६ विरपथ र मङ्गलसेन नगरपालिका वडा नम्बर ७ जनालीबाट लोडे घाट हुँदै सेतीमा मिसिने गरेको छ । झरना हेर्न र त्यहाँ रमाइलो गर्न पछिल्लो समय आन्तरिक पर्यटक जाने गरेका छन् ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार