निराजन भण्डारी पौष १६ अछाम। विगत केही वर्ष पहिला देखीनै बिजुली बत्तीको पहँुच गाउँपालिकामा जोड्ने लक्ष्य लिएको अछामको ढकारी गाउँपालिकाले अहिले बल्ल बिजुली बत्तीको लाईन विस्तार गर्न सफल भएको छ । गाउँपालिकामा बिजुली बत्तीको लाईन विस्तार त भयो तर मैनौ बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।
बिजुली बत्तीको लाईन विस्तार भएको देख्दा सञ्चालनमा आउछकि भन्ने आशा स्थानीयहरुले लिएका थिए तर लाईन विस्तार भएको मैनौ बितिसक्दा समेत सञ्चालनमा नआउदा स्थानीयहरु आक्रोशित बन्दै गएका छन। बिजुली बत्ती सञ्चालन गर्न स्थानीय सरकारले पनि खासै चाँसो नदेखाएको स्थानीयहरुले आरोप लगाएका छन ।
उज्यालो विना अन्धकारमय वातावरणमा बस्नुपर्ने बाध्यताको अन्ते गर्न स्थानीय सरकारले पनि सक्रिय रुपमा लाग्नु पर्ने कुरामा स्थानीयहरुले जोड दिएका छन। गाउँपालिका बासीलाई अन्धकारमय वातावरणमा बस्नु पर्ने बाध्यता बाट मुक्त गराउन गाउँपालिकामा चाँडो भन्दा चाँडो बिजुली बत्ती सञ्चालनमा ल्याउन पर्ने स्थानीयहरुको माग रहेको छ ।
बिजुली बत्ती सञ्चालनमा नआउदा व्यावसायीहरु पनि र्मकामा परेका छन । सौर्य ऊर्जा त प्राय सबैको घरमा छ तर उक्त ऊर्जाले केही क्षणको लागि मात्र काम गर्ने भएकाले बाँकी समयमा अन्धकारमय वातावरणमा बस्नु पर्ने बाध्यता रहेको स्थानीय कर सिंह थापाले बताउनु भएको छ । सौर्य ऊर्जाद्धारा आफुले फर्निचर उद्योग सञ्चालनमा ल्याएको तर बिजुली बत्ती नहुदा नियमित सञ्चालनमा ल्याउन नसकेको थापाले बताउनु भएको छ ।
बिजुली बत्तीको पहँुच नभएकै कारण यो क्षेत्रका सञ्चार माध्याम,विभिन्न संघ संस्थाहरु सञ्चालन गर्न पनि निकै कठिन भएको सम्बन्धीत कार्यलयहरुले बताएका छन । बिजुली बत्ती सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहल गर्नु पर्ने कुरामा स्थानीयहरुले जोड दिएका छन ।
Discussion about this post