नेपालमा दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

24
VIEWS

काठमाडौं । नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको छ ।६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।ओमिक्रोन संक्रमित भएको मुलुकबाट मंसिर ३ गते नेपाल आएका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा भेरिएन्ट संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताउनुभयो ।दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिएन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार