नेकपा एस ढकारी संगठन कमिटीको आमभेला सम्पन्न

13
SHARES
73
VIEWS

निराजन भण्ठारी मंसिर १९ अछाम
नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादी ढकारी गाउँपालिका संगठन कमिटीको आमभेला सम्पन्न भएको छ । ढकारी गाउँपालिका संगठन कमिटी अध्यक्ष धर्मराज साउँदको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथीमा नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम सुदूरपश्चिम प्रदेशका संगठन कमिटीका उपाध्यक्ष शेर बहादुर कुँवर रहनु भएको थियो । प्रमुख अतिथीको आसन बाट बोल्दै कुवरले अवसरवादीको पछाडी नलागि समाजवादीको यात्रामा लाग्न सबै कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

उहाँले आउँदो निर्वाचनमा केपी ओली समुहलाई प्रास्त गरेर एकीकृत समाजवादी पाटीलाई एक नम्बर पाटीको रुपमा चिनाउन आम कार्यकर्ताले अहिले देखिनै एक जुट भएर संगठन विस्तारमा जोड दिनु पर्ने बताउनु भएको छ ।नेकपा एमाले बिचार सिद्धांतबाट बिचलित भएर बा प्रवृत्तिबा सन्चालन भएका कारण एमालेवाट बिद्रोह भएको बताउनु भएको छ ।

एकीकृत समाजवादी पाटीको संगठनलाई बलियो र,मज्बुद बनाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।कार्यक्रमको बिशिष्ट अतिथीमा सुदूरपश्चिम प्रदेशका संगठन कमिटीका सदस्य एवम साँफेबगर नगरपालिकामा नगर प्रमुख कुल बहादुर कुँवर रहनु भएको छ ।

बिशिष्ट अतिथीको आसन बाट बोल्दै कुँवरले केपि ओलिको अहमताका कारण कम्युनिस्ट पार्टीको दुई तिहाईको बहुमत सरकार गुमेको बताउनु भएको छ । एकीकृत समाजवादी पाटी जनताको पक्षमा रहेर काम गर्न पनि बताउनु भएको छ ।अछाम जिल्लामा एकीकृत समाजवादी पाटीको संगठन कम्जोर नभएको बताउनु भएको छ ।

आज भएको आमभेलाबाट १५ सदस्यिय नेपाल युवा संघको गाउँपालिका कमिटी समेत गठन गरिएको छ । आमभेलाको अवसरमा नेपाली कांग्रेश र नेकपा एमाले परित्याग गरी करिव २० जना कार्यकर्ता एकीकृत समाजवादी पाटीमा प्रवेश गरेका छन ।

कार्यक्रमको अन्य अतिथीमा नेकपा एकीकृत समाजवादी पाटीका सदस्य एवम अछाम जिल्ला सहइन्चार्ज शंकर प्रसाद भण्डारी,सुदूरपश्चिम प्रदेशसभा सदस्य बल बहादुर कुँवर , एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष हिरण्ड भटराई ,प्रदेश सदस्य शेर बहादुर साउँद , डम्बर बहादुर नेपाली जिल्ला कमिटीका उपाध्यक्ष योगेन्द्र बहादुर बिष्ट , जिल्ला सचिव नवराज साउँद ,सहसचिव नमराज न्यौपाने ,डवलसिंह चलाउने जिल्ला सचिवालय सदस्य तिर्थराज ढकाल,देउकला चलाउने लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन नेपाल युवा संघका केन्द्रीय सचिवालय सदस्य भुपेन्द्र बहादुर बुढाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार