अछाम । नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँर सबै भन्दा बढी मतका साथ महाधिबेशन प्रतिनिधीमा बिजयी भएका छन् ।नेपाली कांग्रेस अछाम क्षेत्र नं। १ बाट महाधिबेशन प्रतिनिधीको खुल्ला तर्फबाट उनले सर्बाधिक मत ४ सय ६१ मत ल्याएर बिजयी हासिल गरेका छन् ।
खुल्ला तर्फमा २८ जना प्रतिष्पिर्धीलाई पछि पार्दै उनले पहिलो नम्बरमा आफ्नो नाम सुरक्षित गरेका छन् ।
१३ औँ महाधिबेशन पछि कांग्रेस अछामको नेृतत्व सम्हालेका नेता स्वाँरले अछाममा पार्टीको संगठन मजबुद र चलायमान बनाएका छन् ।उनले आफ्नै कार्यकालमा पार्टीको भवन निर्माण गर्न सफल भएका छन् भने पार्टीको आर्थिक कोष समेत बलियो बनाएका छन् ।जिल्लाभर पार्टीको जागरण अभियान संगै नेता कार्यकर्तालाई प्रशिक्षण समेत गराएका छन् ।
Discussion about this post