डडेल्धुराः नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेलधुरामा भएको वडादेखि जिल्ला तहसम्मको सबै निर्वाचन प्रक्रियालाई वैधानिकता दिएको छ।निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसहितको उजुरीमाथि छानविन गर्दै पुनः निर्वाचन गर्न नपर्ने ठहर गरेको हो।
बहुमतको सो निर्णयमा निर्वाचन समितिका सदस्य सीताराम केसीले भने लिखितरूपमा फरक मत राखेका छन्। उनले निर्वाचन अधिकृतले नै धाँधली गरेको भन्दै डडेलधुराको निर्वाचनलाई वैधानिकता दिन नमिल्ने राय लेखेका छन्। जिल्लामा पुनः निर्वाचनको माग गर्दै केन्द्रीय कार्यालयमा अनसन चलिरहेको छ।
Discussion about this post