निराजन भण्डारी मंसिर १२ अछाम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत ढकारी गाउँपालिकाको वडा नम्बर ४ बलातामा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ ।महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत विभिन्न कार्यक्रम गरी मनाईएको बताइएको छ ।‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान निरन्तर चलिरहेको छ । ढकारी गाउँपालिका वडा नम्बर ४ अध्यक्ष भक्त बहादुर बुढाको अध्यक्षतामा कार्यक्रम गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष बुढाले हिंसा रोकथामका लागि लैंगिक हिंसाको १६ दिने अभियानलाई प्रभावकारी र सार्थक बनाउन जरुरी रहेको बताउनु भएको छ । समाजमा महिला माथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि स्थानीय सरकारले पनि महत्वपुर्ण साथ सफोट गर्न आवश्यक रहेको बताउनु भएको छ ।
लैङ्गिक हिंसाको न्युनिकरण गर्न स्थानीय स्तरमा गठित बालक्लव तथा युवा क्लवले पनि आफनो आवाज उठाउनु पर्ने कुरामा जोड दिनु भएको छ । कार्यक्रम वडा सदस्य हरिराम बुढा ,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख चाँदनी चन्द, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका सदस्य धर्मेन्द्र बिसी ,लगायतको सहभागिता रहेको थियो ।
Discussion about this post