ढकारी गाउँपालिका २ हिच्मामा सञ्चालन हुने महा—महोत्सवको सम्पुर्ण तयारी पुरा

5
SHARES
29
VIEWS

निराजन भण्डारी मंसिर १२ अछाम

अछामको ढकारी गाउँपालिका वडा नम्बर२ हिच्मामा सञ्चालन हुने श्री जाल्पादेवि शैक्षिक एवम ज्ञान ,विज्ञान धार्मिक महा—महोत्सव २०७८ को सम्पुर्ण तयारी पुरा भएको छ । ढकारी गाउँपालिका वडा नम्बर२ हिच्मामा अवस्थित कालिका देवि माध्यामिक विद्यालयको आयोजनामा भोलीबाट महा—महोत्सवको उद्घाटन गरिने विद्यालयले जनाएको छ । महा—महोत्सवको भोली सोमवार बिहान १२ बजे उद्घाटन गरिने पनि विद्यालयले जनाएको छ ।

विद्यालयको स्तर बृद्धिको लागि महा—महोत्सव सञ्चालन गरिने विद्यालयले जनाएको छ । भोली अर्थात मंसिर १३ गते बाट सञ्चालन हुने महा—महोत्सव मंसिर २१ गतेसम्म निरन्तर सञ्चालन हुने महा—महोत्सव प्रचार प्रसार समितीका संयोजक पुर्ण बहादुर बुढाले जानकारी दिनु भएको छ ।

महा—महोत्सव सञ्चालन भईरहदा पनि प्रचार प्रसार कार्य पनि निरन्तर जारी रहने पनि बुढाले बताउनु भएको छ । भोली अर्थात मंसिर १३ गते बाट सञ्चालन हुने महा—महोत्सवमा प्रमुख कथा बाचक अन्तराष्ट्रिय भागवत भुषण पुज्य श्री सञ्जेल जी महाराजद्धारा कथा बाचन हुने भएकाले कथा सम्रणका लागि सबै भक्तजनहरुलाई पाल्न हुन प्रचार प्रसार समितीका संयोजक बुढाले आग्रह समेत गर्नु भएको छ । विद्यालयको स्तर बृद्धिको लागि महा—महोत्सव सञ्चालन गरिएकाले सक्दो सहयोग गरी दिन पनि सबैलाई अपिल गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार