सुदूरपश्चिमबाट एमाले अध्यक्ष, उपाध्यक्ष र सचिवमा दाबेदारी, केन्द्रीय सदस्यमा ५० बढी आकांक्षी

8
SHARES
44
VIEWS


धनगढीः नेकपा एमालेको नेतृत्वको लागि सुदूरपश्चिमबाट अध्यक्ष, उपाध्यक्ष र सचिवमा पनि दाबेदारी पेश गरिएको छ। आजदेखि १० औँ महाधिवेशन सुरु भएसंगै पार्टीको नेतृत्वका लागि नेताहरू चितवनमा छलफलमा जुटेका हुन्। दशौ राष्ट्रिय महाधिवेशनबाट एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। नेता लेखराज भट्टको उपाध्यक्ष र कर्ण थापाले भने सचिव पदका लागि आन्तरिक छलफलमा जुटेको विषय बाहिर आएको छ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र नेकपा माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका समेत गरी सुदूरपश्चिम प्रदेशबाट १७ जना केन्द्रीय सदस्य छन्। चितवनमा जारी दशौँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशले खुल्लातर्फ ४, महिलातर्फ २ र पिछडिएको क्षेत्रबाट एकरएक जना केन्द्रीय सदस्य पाउने छ। तर केन्द्रीय सदस्यको आकांक्षीको संख्या भने धेरै रहेको छ।

केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम प्रदेशबाट ४ दर्जनको हाराहारीमा नेताहरु चितवन पुगेर छलफलमा जुटेका छन्। पूर्वमन्त्री नारदमुनी राना, झपटबहादुर रावल, कमला ओली, दीपकप्रसाद देवकोटा, धर्मराज पाठक, समबहादुर थापा, निरुदेवी पाल, बचनबहादुर सिंह, राजेन्द्र रावल, कमला बोहरा, जीवन्ती पौडेल, कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना, लालबहादुर थापा, सहदेव बोगटी, दयालबहादुर शाही, पेम्बा गुरुङ, नरबहादुर धामी, बसुन्धरा रोकाया लगायतका नेता केन्द्रीय सदस्यका आकांक्षी हुन्।

नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा भएका पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाश शाहले पुनः उम्मेदवारी दिने बताएका छन्। केन्द्रीय सदस्यका अर्का आकांक्षी तथा सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा पनि पार्टीलाई एकताबद्ध बनाउनकै लागि केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन्। ‘

माओवादी केन्द्र परित्याग मात्र नभई पार्टीका लागि मन्त्री पद नै परित्याग गरेर एकताबद्ध अभियानमा लागेको व्यक्तिले केन्द्रीय सदस्यको आकांक्षा राख्नु स्वभाविक नै भएको बोहोराले बताएका छन ।डोटीबाट जिल्ला अध्यक्ष चक्र मल्ल, गौरी ओली, बझाङबाट भैरवबहादुर सिंह, डडेल्धुराबाट पुरन दयाल लगायतका नेताहरु केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पक्षमा छन्। बैतडीबाट दामोदर भण्डारी, लिलाधर भट्ट तथा दार्चुलाबाट गणेश ठगुन्ना, हरदेव जोशी लगायत पनि आकांक्षी छन्। सर्वसम्मत वा चुनाव जे भए पनि संस्थापन नै हाबी हुने आंकलन गरिएको छ। एमालेमा अध्यक्ष केपी शर्मा ओलीको आफ्नै समूह, दश बुँदे पक्षधर र पूर्वमाओवादी समूहका नेताको व्यवस्थापन पक्ष भने चूनौतीपूर्ण देखिएको कतिपय नेताहरुले बताएका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार