एमालेको केन्द्रीय सदस्यमा सुदूरपश्चिमका चार दर्जन बढी आकांक्षी

8
SHARES
46
VIEWS

,चितवन । मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि शुक्रबार चितवनमा दशौं राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ । नारायणी नदी छेउमा आयोजना हुने उद्घाटन सत्रमा सहभागी हुन एमालेका नेता तथा कार्यकर्ता चितवन पुगिसकेका छन् । महाधिवेशनको सरगर्मी बढेसँगै पदाधिकारी तथा केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले महाधिवेशन प्रतिनिधिसँग भेटघाट र छलफललाई तीव्र बनाएका छन् । खासगरी पदाधिकारीमा सर्वसम्मतको प्रयास भए पनि केन्द्रीय सदस्य भने मतदान प्रक्रियाबाट चयन हुने सम्भावनालाई ध्यानमा राखेर आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन चितवनमा सक्रिय छन् ।

सुदूरपश्चिम प्रदेशबाट पनि एमालेको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरु यतिबेला प्रतिनिधिहरुलाई भेटेर आफ्ना लागि मत माग्न थालेका छन् । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र नेकपा माओवादी केन्द्रबाट समाहित भएर आएका समेत गरेर १७ जना केन्द्रीय सदस्य छन् ।

तर दशौं राष्ट्रिय महाधिवेशनमा भने सुदूरपश्चिम प्रदेशले खुल्लातर्फ चार जना, महिलातर्फ दुई जना र पिछडिएको क्षेत्र ९अछाम, बझाङ र बाजुरा० बाट एक जना केन्द्रीय सदस्य पाउनेछ ।केन्द्रीय सदस्यमा आकांक्षा राखेका युवा नेताहरुले समेत अहिलेको मुख्य कुरा पार्टी एकता नै भएकाले त्यसैका लागि आफ्नो उम्मेदवारी भएको प्रतिक्रिया दिएका छन् ।


जसका लागि हालका केन्द्रीय सदस्य समेत गरेर चार दर्जन बढी नेताहरु केन्द्रीय सदस्यमा आकांक्षी देखिएका छन् । प्रदेशकै राजधानी समेत रहेको कैलालीबाट पूर्वमन्त्री नारदमुनी राना, झपटबहादुर रावल, कमला ओली, दीपक प्रसाद देवकोटा, धर्मराज पाठक, समबहादुर थापा लगायतका नेताहरु केन्द्रीय सदस्यमा आकांक्षी छन् ।

कञ्चनपुरबाट निरुदेवी पाल, बचनबहादुर सिंह, राजेन्द्र रावल, कमला बोहरा, जीवन्ती पौडेल लगायत पनि केन्द्रीय सदस्यमा आकांक्षी छन् । एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछामबाट झपट बोहरा, कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना लगायतका छन् भने बाजुराबाट प्रकाशबहादुर शाह, लालबहादुर थापा, सहदेव बोगटी, दयालबहादुर शाही, पेम्बा गुरुङ, बसुन्धरा रोकाया लगायत आकांक्षी छन् ।

डोटीबाट जिल्ला अध्यक्ष चक्र मल्ल, गौरी ओली, बझाङबाट भैरवबहादुर सिंह, ऐन हर, डडेल्धुराबाट पुरन दयाल लगायतका नेताहरु केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पक्षमा छन् ।बैतडीबाट दामोदर भण्डारी, लिलाधर भट्ट तथा दार्चुलाबाट गणेश ठगुन्ना, हरदेव जोशी लगायतले आकांक्षा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार