४० भन्दा बढी जिल्लामा आज देखि कांग्रेसको जिल्ला अधिवेशन

5
SHARES
28
VIEWS


काठमाण्डौ ( नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटा भन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिनुभयो ।चितवनमा भने एमाले महाधिवेशनका कारण कांग्रेसले जिल्ला अधिवेशन सारेको छ । कांग्रेसको अहिलेसम्म ३० जिल्लामा अधिवेशन सम्पन्न भएको छ । अहिलेसम्म अधिवेशन सम्पन्न भएको जिल्लाबाट आएको परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षले १५ जिल्ला सभापति जितेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ जिल्ला सभापति जितेको छ ।

कांग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उपसभापति दुई जना सचिव र दुई जना सहसचिव निर्वाचित हुने प्रावधान छ । जिल्ला कार्यसमितिका सबै पदाधिकारी निर्वाचनको माध्यमबाट चुनिने व्यवस्था छ । कोषाध्यक्ष भने पार्टीको जिल्ला सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनित गर्ने प्रावधान छ ।

सदस्य निर्वाचन क्षेत्रका आधारमा कार्यसमितिमा चयन हुनेछ । पार्टीका जिल्ला सभापतिमा निर्वाचित विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारका बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुने छन् तर पहिलो पटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत प्राप्त गर्ने उम्मेदवार नै विजयी हुने प्रावधान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार