लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको ढकारी गाउँपालिकामा उद्घाटन

8
SHARES
46
VIEWS

निराजन भण्डारी मंसिर ९ अछाम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको ढकारी गाउँपालिकामा उद्घाटन गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा सुआहारा नेपालको समुन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको हो। ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको बताइएको छ । ढकारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष महादेव बुढाको अध्यक्षता भएको उद्घाटन समारोहको प्रमुख अतिथीमा ढकारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद भाट रहनु भएको थियो । प्रमुख अतिथीको आसन बाट बोल्दै भाटले हिंसा रोकथामका लागि लैंगिक हिंसाको १६ दिने अभियानलाई प्रभावकारी र सार्थक बनाउन जरुरी रहेको बताउनु भएको छ ।

साथै उहाँले घरेलु हिंसा विरुद्धका उजुरी मिलापत्रमा टुङ्ग्याउने प्रवृत्तिका कारण महिलाले न्याय पाउन नसकेको पनि बताउनु भएको छ । समाजमा महिला माथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि स्थानीय सरकारले पनि महत्वपुर्ण साथ सफोट गर्न आवश्यक रहेको बताउनु भएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहको अन्य अतिथीमा प्रहरी चौकी ढकारीका इञ्र्चाज लाल सिंह बिष्ट ढकारी गाउँपालिकाका प्रशासन शाखा प्रमुख लोकेन्द्र बहादुर बोगटी ,पोषण सहजर्कताका इन्द्र बहादुर थापा ,कार्यपालिका सदस्य सरा नेपाली,पार्वती बुढा ,पत्रकार निराजन भण्डारी त्रिवेणी युवा क्लबका अध्यक्ष भिमेष रिमाल, गुरुकुल माध्यामिक विद्यालयका शिक्षक,विद्यार्थी सरोकारवाला लगायतको सहभागिता रहेको उद्घाटन समारोह कार्यक्तमको सञ्चालन ढकारी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चाँदनी चन्दले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार