महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै

24
VIEWS


काठमाण्डौ ( आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतसँग खेल्दै छ ।नेपाल र कुवेतबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले हराएको थियो ।

प्रतियोगितामा पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेट हराउँदै ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ ।छनोट अन्तर्गत यूएई लगातार दुई खेल जित्दै चार अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

एकरएक खेल जितेका नेपाल, मलेसिया, हङकङ र भुटानको समान दुईरदुई अङ्क छ । नेट रनरेटका आधारमा नेपाल दोस्रो, मलेसिया तेस्रो, हङकङ चौथो र भुटान पाँचौँ स्थानमा छन् ।नेपालले शुक्रवार मलेसिया र आइतवार यूएईसँग खेल्नेछ । छनोटको विजेता टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार