अछाम । पञ्चदेवल विनायक नगरपालिकामा वाक नेपालद्धारा १६ जना बालबालिकालाई आर्थिक सहयोग वितरण गरिएको छ । वाक नेपाल किशोरकिशोरी तथा युवा शशक्तिकरण परियोजनाको सहयोग तथा पन्चदेवल विनायक नगरपालिकाको आयोजनामा नगरपालिकाको वडा नं.४ कालिकास्थानका विपन्न परिवारका १६ जना बालबालिकाहरुलाई प्रति व्यक्ति १२ हजारका दरले एक लाख बयानब्ब्े हजार सहयोग रकम हस्तान्त्रण गरिएको हो । सहयोग रकम प्राप्त गर्ने हरुमा पन्चदेवल विनायक नगरपालिका वडा नं.४ स्थित ऋषिकुल मा.वि.का ८ जना र अम्बिका मा.वि.का ८ जना विद्याथीहरु रहेका थिए । विशेष शिक्षा लागु भएको माध्यमिक विद्यालय नजिकका माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिकबृति सहयोग कार्यक्रम लाग’ गरिएको बताइएको छ । कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका प्रम’ख प्रशासकीय अधिकृत पदमबहादुर माझीले पन्चदेवल विनायक नगरपालिकाको आ.ब.२०७८÷०७९ को नगरको वार्षिक विकास योजनाबाट किशोर किशोरी तथा विद्यार्थीहरुको हितमा गरिने विभिन्न क्रियाकलापको बारेमा प्रस्ट पार्नुभएकोथियो । न्यून आय भएका विद्यार्थीहरुको पढाईमा सहज पुगोस भन्ने उद्देश्यले कार्यक्रम लागु गरिएको वाक नेपाल किशोरकिशोरी तथा युवा शशक्तिकरण परियोजनाका कार्यक्रम संयोजक महादेव ओझाले बताउन’भयो । पन्चदेवल विनायक नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझी,पन्चदेवल विनायक नगरपालिका वडा नं. २ का वडा सदस्य भावना धामी, वडा नं. ४ का वडा सदस्य नानी वि.क., नगरपालिकाका इन्जिनियर नरेश न्यौपाने ,वाक नेपाल अछामका अध्यक्ष बल बहादुर केशी,विद्यामनिदर नम”ना मा.वि.का सहायक प्रअ हरीबहादुर रावल, माछापुच्छ«े बैँक लि. विनायकका शाखा प्रबन्धक सरोज गौतम,ऋषिकुल माविका प्रअ गणेश बहादुर शाही,अम्बिका मा.वि.का प्रअ प्रतापसिहंह विष्ट, वाक नेपालका लेखापाल सरस्वती संज्याल, अनुगमन अधिकृत भजन विश्वकर्मा, फिल्ड अधिकृत रमेश रावल र जानकी कडायत लगायत वडा नं. ४ विद्यार्थी र अभिभावकहरुको उपस्थिती रहेकोथियो । शैक्षिकबृति कार्यक्रम वडा नं. १ को जाल्पेश्वरी मा.वि. र वडा नं. ३ को विद्यामनिदर नमुना मा.वि.मा पनि लागु भएको वाक नेपाल अछामले जनाएको छ ।
Discussion about this post