अछाममा देउवा र पौडेल दुबै समूह चुनावी प्रतिष्पर्धामा

14
SHARES
78
VIEWS


अछाम, नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी देशभरी बढिरहेका बेला सुदूरपश्चिम प्रदेश अछाम जिल्लाको संघिय निर्वाचन क्षेत्र नम्बर २ मा पनि माहोल कांग्रेसमय बनेको छ । जस अन्तर्गत शेर बहादुर देउवा र रामचन्द्र पौडेल दुई वटै समूह चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

अछामका शिर्ष नेताहरुले देउवा र पौडेल पक्ष बिच तालमेल गरेर पदिय भागबण्डा आफ्नो आफ्नो पक्षमा पार्न खोजिरहेका छन् ।देउवा निकटको पकड क्षेत्र मानिएको अछाम क्षेत्र नम्बर २ मा यस महाधिवेशनमा देउवा निकट मानिने कांग्रेस नेता पुष्प बहादुर शाह, सुरत बिष्ट, अम्बिका चलाउने यति बेला पौडेल समूहसंग गठबन्धन गरेर देउवा ९संस्थापक० समुहलाई कमजोर बनाएर आफू अधिवेशन जित्ने दाउ कुरिरहेको पाइन्छ ।

३ गते सम्पन्न प्रदेशको अधिवेशन अन्तर्गत पौडेल निकट मानिने सांसद राम बहादुर बिष्ट समुहसंग सहकार्य गर्दै दुई वटै प्रदेश आफ्नो पक्षमा पारेका छन् ।क्षेत्रिय अधिवेशनमा देउवाको आधिकारिक समुहको तर्फबाट टंक बहादुर धामी चुनावी मैदानमा छन्, र उनलाई देउवा निकट मानिने अछामका नेताहरु पूर्ब सांसद अक्कल बहादुर बिष्ट, महासमिति सदस्य देवराज देवकोटा, केन्द्रीय संगठन विभागका सदस्य गणेश बहादुर बिष्ट र मान बहादुर रावल लगायतको समर्थन रहेको छ ।उता नेपाली कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डे निकट मानिने र बिगतमा कोइराला समुहमै रहेका पुष्पराज शर्मालाई क्षेत्रिय सभापतिका लागि अगाडि सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार