कांग्रेसलाई बलियो बनाउन आफु सशक्त भएर लाग्ने: क्षेत्रीय सभापति पदका उम्मेद्वार धामी

17
SHARES
93
VIEWS

अछाम । नेपाली कांग्रेसले ‘कांग्रेसमा उत्साह, एकता, रुपान्तरण सफल बनाऔँ १४ औँ महाधिवेशन’ नारा लिएको १४ आँै महाधिबेशनको सेरोफेरोमा देशव्यापी रुपमा नेता तथा कार्यकर्ताहरु पार्टी भित्र अन्तर संघर्षको दौड धुपमा लागेका छन ।

नेपाली काँग्रेस अछाम निर्वाचन क्षेत्र न २ का क्षेत्रीय कार्य समितिका सचिव टंक बहादुर धामीले अासन्न १४ अाैं महाधिवेशन अन्तर्गत क्षेत्रीय सभापति पदका लागि अाफ्नाे उम्मेदवारी घाेषणा गरेका छन ।

३ गते प्रदेश अधिवेशन सम्पन्न पश्चात् ६ गते तय भएको क्षेत्रीय कार्य समितिको महाधिवेशन बाट सभापति पदमा निर्वाचन गरिदिन जिल्ला तहका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्दै दाैडधुपमा लागेका हुन ।

नेविसंघमा सक्रिय हुँदै कांग्रेसको राजनीतिमा प्रबेश गरेका युवा नेता हुन् टंक बहादुर धामी । वर्तमान कार्य समितीमा सचिव रहेका नेता धामीले आफुलाई सभापती पदको रुपमा अघि सारेका छन् । राजनिति संगै समाज सेवा र शिक्षा क्षेत्रमा अग्रणी भुमिका खेलेका धामीले समाज परिर्वतन र कांग्रेस अछामको बलियो संगठन निर्माणका लागी सभापतीमा उम्मेद्धारी दिएको बताए ।

वर्तमान कार्य समितीमा सचिव पदमा रहेर काम गरिसकेका धामी भन्छन् सचिव भएर काम गरिसकेपछि अब स्वभाविक रुपमा अर्को स्टेप भनेको सभापती पद हो मैले त्यही अनुसार उम्मेद्धारी दिएको हुँ । पञ्चदेवल बिनायक क्यापसमा समेत काम गरेका धामी शैक्षिक एवंम बौद्धिक व्यक्तीका रुपमा चिन्छिन् ।

आफु सचिव पदमा रहँदा कांग्रेस अछामलाई बलियो संगठन बनाई क्षेत्र नं. २ का ५ मध्ये ४ पालिकामा कांग्रेसले बिजयी प्राप्त गरेको बताए । उनि भन्छन् मैले सचिव पदको भुमिका निर्वाह गर्दे गर्दा क्षेत्र नं. २ मा पार्टीलाई पहिलो बनाएका छौँ अबको गन्तव्य भनेको पनि प्रतिनिधी सभा, प्रदेश सभा र स्थानिय तहमा पुरै कांग्रेसमय बनाउन मेरोे सभापती पदमा उम्मेद्धारी हो ।

क्षेत्र नं. २ का क्षेत्रिय प्रतिनिधीले साथ दिए आफुले बोलेर भन्दा व्यावहारमै काम गरेर देखाउने अठोट लिएको उनको भनाई छ । उनि भन्छन् पार्टीको आन्तरिक संघर्षका रुपमा रहेको महाधिवेशन कुनै आम निर्वाचन जस्तो नगरी रुपान्तरण सहितको नेतृत्व आन्तरिक सहमति बाटै गर्दा दल प्रति जनविश्वास झन बढ्ने भन्दै त्यसका लागि आफु तयार रहेको पनि बताए ।

निर्वाचन क्षेत्र नम्बर २ मा पहिले देखिनै नेतृत्वकाे अाकांक्षा राखेका धामीले ६ गतेको अधिवेशनबाट पनि सहमतिको प्रयास हटाएका छैनन ।

सत्ताकाे नेतृत्व ग्रहण गरिरहेका नेपाली कांग्रेसका शाथीहरुबाट हस्तान्तरणकाे अपेक्षा अंझै गरिरहेकाे पाइन्छ ।
पार्टीकाे अान्तरिक संघर्षका रुपमा रहेकाे महाधिवेशन कुनै अाम निर्वाचन जस्तो नगरी रुपान्तरण सहितको नेतृत्व अान्तरिक सहमति बाटै गर्दा दल पर्तिकाे जन विश्वास बढ्दै जाने धामीकाे अासय देखिन्छ ।

रेडियो पञ्चदेवल एफएम विनायकका सञ्चालक समेत रहेका धामी नेपाली कांग्रेसकाे सकृय राजनितीमा लागेको एक दशक भन्दा बढि बितिसकेको छ ।

जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर २ मा पञ्चदेवल विनायक नगरपालिकाका धामीले यस अघिनै अाफ्नाे उम्मेद्वारी विभिन्न माध्यमबाट घाेषणा गरिसकेका छन भने तुर्माखाँद गाउँपालिकाका पुष्पराज शर्माले पनि सभापति पदकै लागि अाफ्नाे दावी छाडेका छैनन ।

एउटै पार्टी भित्र केन्द्रमा एकै पक्ष तिर मानिने नेताहरु जिल्ला हुँदै क्षेत्र र प्रदेश सम्म विभिन्न समूह बनाउदै अाफ्नाे पक्षमा भाेट माग्न ब्यस्त देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार